Loading...
इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै

Click to Load Image
सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ ।
सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट सुरु गरेको थियो ।
नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले संघीय राज्यअनुसार प्रदेशका नामबाट प्लेट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।
जडानलाई प्रदेशअनुसार गरे पनि प्लेटमा अंग्रेजी शब्द नै उल्लेख हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads