Loading...
खोइ स्थानीय तहमा सुविधा ?

काठमाडौँ, २६ भदौ - स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई उत्प्रेरित नगर्ने होे भने सेवा प्रवाहमा समस्या आउने दाबी विज्ञहरूले गरेका छन्,गोरखापत्रमा खबर छ । सरकारले स्थानीय तहमा कर्मचारीलाई जबरजस्ती धकेल्नेभन्दा पनि स्थानीय तहले कर्मचारीलाई स्वतः आकर्षण गर्नुपर्ने पनि स्थानीय शासन विज्ञहरूले औँल्याएका छन् । 
स्थानीय तहमा काम गर्दा भौगोलिक विकटता, आफन्तबाट टाढा रहनुपर्ने, बिरामी हुँदा उपचारमा कठिनाइ लगायतका समस्या हुने भएकाले यहाँ काम गर्ने कर्मचारीलाई केन्द्रले उत्प्रेरित र स्थानीयले आकर्षण गर्नुपर्ने विज्ञहरूले सुझाएका हुन् ।local-election
स्थानीय शासन विज्ञ पूर्वसचिव डा. रवीन्द्र शाक्यले स्थानीय तहमा जबरजस्ती कर्मचारी धकेल्नेभन्दा पनि स्वतः स्थानीय तहमा कर्मचारीलाई आकर्षित गर्नुपर्ने बताए । उनका अनुसार कर्मचारीको कार्यदक्षताका आधारमा सेवासुविधामा वृद्धि, अध्ययन र तालिमको अवसर दिने हो भने स्थानीय तहमा आकर्षण बढ्छ । उनले भने , “स्थानीय र सङ्घमा कार्यरत कर्मचारीको समान सेवासुविधा हुँदा स्थानीय तहमा कर्मचारीको आकर्षण हुँदैन । कर्मचारीको अभावमा सेवा प्रवाहमा ठूलो समस्या ल्याउने हुँदा ऐनमा स्थानीय तहमा कार्यरत कर्मरचारीलाई विशेष सेवा सुविधाको व्यवस्था गर्नुपर्छ । ” 
अर्का स्थानीय शासनविज्ञ पूर्वसविच खेमराज नेपालले स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले निश्चित काम, निश्चित समयसीमाभित्र सम्पन्न गरेपछि विशेष सुविधा पाउने मापदण्ड निर्धारण गर्ने हो भने आकर्षण बढ्ने बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads