Loading...
राजधानीबाटै उठ्न सक्छ साढे चार अर्ब

Click to Load Image
नगर क्षेत्रमा मापदण्ड विपरीत बनेका घरमध्ये आधालाई मात्र प्रमाणित गर्न सके काठमाडौं महानगरपालिकाले करिब साढे चार अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने देखिएको छ ।
महानगरपालिकाले तयार पारेको राजश्व अनुमानसम्बन्धी आन्तरिक प्रतिवेदनअनुसार महानगर क्षेत्रमा नक्सापास विपरीत बनेका घरलाई प्रमाणित गर्दा ठूलो रकम उठ्न सक्ने देखिएको हो ।
महानगरको राजश्व विभागले यस्तो प्रतिवेदन तयार पारेको हो । आजको नागरिक काष्ठमण्डपमा खबर छ ।
प्रतिवेदनअनुसार मापदण्ड विपरीतका घरलाई प्रमाणिकरण गर्न सके करिब चार अर्ब ४० करोड रुपैयाँ उठ्न सक्छ । यो आम्दानी बर्सेनि भने हुनेछैन ।
घर निर्माण प्रमाणिकरण एकपटक मात्र गर्नुपर्ने भएकाले यो रकम एकपटक उठाउन सकिने महानगर राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानांग बताउँछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads