Loading...
दुई नम्बर प्रदेशमा ७३ प्रतिशत मत खस्यो

Click to Load Image

काठमाडौं– दुई नम्बर प्रदेशमा सोमवार सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ७३ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरणअनुसार दुई नम्बर प्रदेशका ८ जिल्लाको १ सय ३६ स्थानीय तहमा भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको जनाएको हो । 

स्थानीय तहको तेस्रो चरणअन्तर्गत सोमबार प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान कार्य भएको थियो ।
मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । तेस्रो तथा अन्तिम चरणमा गरिएको दुई नम्बर प्रदेशको १ सय ३६ स्थानीय तहबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मतदान कार्य सम्पन्न भएका मतदान केन्द्रबाट सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान कार्य सम्पन्न भई  मतपेटिकाहरू सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने छ ।
मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने पनि आयोगले जनाएको छ । आफ्नो तयारी पूरा भएपछि सोमवार नै राति वा मंगलबार बिहानबाट मतगणना सुरु गरिने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads