Loading...
राजविराजको निर्वाचन सर्यो असोज ५ मा

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।
साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र शनिबार साँझ घरमै उहाँको निधन भएको थियो ।
यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले राससलाई बताए ।
यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरी जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads