Loading...
लिक बन्यो, गुडाउने रेल छैन

Click to Load Image
मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ ।
भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन ।, आजको नागरिकमा यो खबर छ । 
जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ । भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण तयार हुने जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads