Loading...
एक्कासी बढेको राजनीतिक ध्रुवीकरणकाबीच दश दलले छुट्टै गठबन्धन


काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै एक्कासी बढेको राजनीतिक ध्रुवीकरणकाबीच दश दलले छुट्टै गठबन्धन कायम गरेका छन् । 

मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी, नेकपा संयुक्त माक्र्सवादी, जनसमाजवादी पार्टी लगायत दश दलले छुट्टै गठबन्धन कायम गरी विहीबार रत्नपार्कमा प्रदर्शनको तयारी गरेका छन् । 

सप्तरी जिल्लाको तिलाठी क्षेत्रमा पर्ने नेपाल–भारत सिमानाको दशगजा क्षेत्रभित्र भारतीय पक्षले अतिक्रमण गरी खाँडो खोलामा बनाएको बाँधको बिरोध गर्ने संघर्षका नायक देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गर्दा सरकार मौन रहेको भन्दै दश दल तथा मोर्चाले विहीबार प्रदर्शन गर्ने भएका हुन् । 
दश दलको बुधबार बसेको संयुक्त बैठकले भारतीय प्रशासनले तिलाठीमा यादवले गरेको प्रतिकारको प्रतिशोध लिनको निम्ति गिरफ्तारी गरेको भन्दै भारतीय पक्षको निन्दा र भ्रत्र्सना गरेको छ । 

सरकारले नै सच्चा राष्ट्रवादीको सम्मान–पत्र प्रदान गरेका नागरिकलाई भारतीय प्रशासनले गिरप्तार गर्दासंवेदनहीन देखिनु आश्चर्यको कुरा भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । ती दलहरुले यादबसहित उनका छोरा अजयको निव निःशर्त र सम्मानजनक रिहाईको लागि अबिलम्ब पहल गर्न र सिमा क्षेत्रमा नेपाली नागरिकमाथि भारतीय पक्षद्वारा गरिने दुव्र्यवहारलाई प्रभावकारी ढङ्गले रोक्न सरकारसँग माग गरेका छन् ।
देवनारायणका छोरा अजयले भारतीय केटी भगाएको उजुरीका आधारमा भारतीय प्रहरीले अपहरण मुद्दा लगाएर बाबुछोरालाई बिहारको प्रहरी हिरासतमा राखेको छ । बाबुछोरालाई तत्काल रिहाका लागि पहल गर्न सत्तारुढ दलकै विद्यार्थी संगठनहरुले पनि सरकारलाई दबाब दिँदै आएका छन् 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads