Loading...
माओवादीबाट धोखा भएको कांग्रेसको ठहर

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले एमालेसँग चुनावी तालमेल गरेर माओवादी केन्द्रले धोखा दिएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अपरान्ह बसेको बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको ठहर गरेको हो । कांग्रेसले प्रदेश र प्रतिनिधि सभा चुनावमा एकजुट भएर लाग्ने समेत निर्णय गरेको छ । 

सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी निर्णय अनैतिक भएको कांग्रेसको ठहर छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले वामपन्थी गठबन्धन अस्वभाविका भएको बताए । 

कांग्रेसले लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेसले विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, राजपा लगायत दलसंग चुनावी तालमेलको प्रयास गर्ने निर्णय गरेको छ

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads