Loading...
राजधानीमा दिनदहाडै गोलीकाण्ड




काठमाडौं– राजधानीको नयाँबानेश्वरस्थित प्रयागमार्गमा निर्माण व्यवसायी शरदकुमार गौचनमाथि दिनदहाडै गोली हानी हत्या भएपछि राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भिर प्रश्न उठेको छ । राजधानीको मुटु नै मानिने नयाँ बानेश्वरमा एउटा नागरिकमाथि भएको उक्त घटनाले मुलुककै सुरक्षा अवस्थामाथि प्रश्न उठेको मात्रै छैन,जुनसुकै बेला पनि जोसुकै नागरिकको हत्या हुनसक्छ भन्ने आशंका बढाएको छ । यद्यपी गृहमन्त्री शर्माले घटनाले सुरक्षामा चुनौती थपेको भन्दै अपराधि कुनै हालतमा उम्कन नपाउने बताएका छन् । 
नेपाल निर्माण व्यवसयी महासंघका अध्यक्ष समेत रहेका गौचनको हत्याले समग्र निर्माण व्यवसायी समेत असुरक्षीत भएको व्यवसायीहरुले प्रारम्भिक प्रतिकृया दिएका छन् । गौचनलाई सोमबार दिउँसो सवा तीन बजे गोली लागेपछि तत्काल बानेश्वरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिएको थियो । यद्यपि अस्पताल पुग्दासम्म गौचनको मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जनाएका छन् । गोली कसले र किन हान्यो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । 
यसबारे प्रहरीले अनुसन्धान भइरहेको प्रतिकृया मात्रै दिएको छ । यसैवीच घटनापछि सयौँको संख्यामा अस्पताल पुगेका गौचनका शुभचिन्तक र आफन्तहरुले गोली हान्नेको पहिचान नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । घटनामा गौचनमाथि तीनवटा गोली प्रहार गरेको देखिएको छ । मोटरसाइकलमा आएका दुई जनाले गौचन चढेको गाडी रोक्दै गोली हानेको प्रत्यक्षीदर्शीले बताएका छन् । गौचन सवार गाडीमा गोली छिरेका २ वटा प्वाल देखिएका छन् ।
शान्ति सुरक्षाको माग गर्दै नाराबाजी
घटनापछि निर्माण व्यवसायी तथा शुभचिन्तकहरुले दै नयाँबानेश्वरमा शान्ति सुरक्षाको माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले घटनाको निश्पक्ष छानविन, दोषिको पहचिान गरी सार्वजनिक गर्र्नुपर्ने तथा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै नारावाजी गरेका हुन् । प्रदर्शनका कारण सोमबार अपरान्ह बानेश्वर क्षेत्रका अवसथा तनावग्रस्त भएको छ । 
घटना गम्भिर छ : गृहमन्त्री शर्मा 
गृहमन्त्री जनादर्शन शर्माले गोली काण्डलाई सुरक्षामा चुनौती थपिएको बताएका छन् । उनले घटनालाई गम्भिर भन्दै घटना लगत्तै चारैतीर सीमा सुरक्षा गरेर अपराधीको खोजी भइरहेको बताएका छन् । उनले घटनालाई योजनाबद्ध तरिकाले गराइएको भन्दै घटना हुनुमा केही कारणहरु रहेको बताएका छन् । उनले घटनामा संलग्नको पहिचान नजिक पुगेको र प्रहरीले अपराधीलाई नियन्त्रणमा लिएरै छाड्ने बताएका छन् । 
झुक्याएर घटना
गौचन हत्या काण्ड झुक्याएर भएको पनि गृह मन्त्रालयले जनाएको छ । घटनाको सत्यतथ्य सार्वजनिक गरेर उसलाई नियन्त्रणमा जसरी पनि लिने गृहमन्त्री शर्माले प्रतिकृया दिएका छन् ।  
चेम्बरको माग
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि भएको गोली प्रहारको नेपाल चेम्वर अफ कर्मसले भत्सर्ना गरेको छ । नेपालकै उत्कृष्ट निर्माण व्यवसायी स्व. गौचनमाथि दिनदहाडै गोली प्रहार गरी हत्या हुनुले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको चेम्बरले जनाएको छ ।
‘राजधानीको मुटु नयाँं वानेश्वरमा आफनै गाडीमा हिडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको छ । देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन नेपाल सरकारालाई अनुरोध गर्दछौं ।’ चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads