Loading...
एनआरएनएको यूरोप संयोजक र एसिया प्यासिफिक उपसंयोजमा म्याग्दीका बरुवाल र कुँवर विजयी

काठमाण्डौमा सम्पन्न गैर आवसीय नेपाली संघ (एनआरएनए)कोे सम्मेलनबाट यूरोप संयोजकमा म्याग्दीका शिवकुमार बरुवाल र एसिया प्यासिफिक उपसंयोजमा विनोद कुँवर विजयी भएका छन् । 
आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि  भएको निर्वाचनबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार घर भई हाल बेल्जियमा रहनुभएका बरुवाल र बेनी नगरपालिका–४ डाडाँखेत घर भई हाल दक्षिण कोरियामा रहनुभएका कुँभर क्रमशः यूरोप संयोजक र एसिया प्यासिफिक उपसंयोजमा विजयी हुनुभएको हो ।
बरुवाल बेल्जियमका लागि नेपाली पर्यटनदुत समेत हुनुहुन्छ । कुँभर मोना कोरियाका सल्लाहकार एवम् मोना अन्तराष्ट्रियका निर्वतमान बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । एनआरएनएको विभिन्न शाखाहरुमा समेत म्याग्देलिहरुले नेतृत्व गरिरहेका छन् । एनआरएनएको जिम्मेवार पदहरुमा बरुवाल र कुँभरको बिजयीले जिल्लामा प्रवासी लगानी र सहयोग भित्र्ने म्याग्दीबासीको अपेक्षा छ ।
एनआरएनको निर्वाचनबाट अध्यक्षमा भवन भट्ट, उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिबमा बद्री केसी, सचिबमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा लगायत बिजयी भएका छन् ।
Myagdionline 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads