Loading...
एन्फा र थ्री स्टार क्लवबिच डेढ करोड क्षतिपूर्तिको सम्झौता

Image result for nepal football
अखिल नेपाल फुटबल संघ एन्फाको लापरवाहीका कारण एएफसी कप खेल्न नपाएको थ्री स्टार क्लवले डेढ करोड रुपैयाँ पाउने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशबकुमार विष्ट, एन्फा र थ्री स्टार क्लवबिच बुधबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता एन्फाको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ । 
थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको भए पनि डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने मौखिक सहमति यसअघि नै भएको थियो । बुधबारको सम्झौतापछि थ्री स्टार क्लवले ३ किस्तामा आउँदो मंसिर १० गतेभित्र डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने छ । 
यस्तै एन्फाले थ्री स्टार क्लवलाई कम्तिमा पनि ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने छ । थ्री स्टार क्लवले अब एन्फाको आयोजना तथा सहकार्यमा हुने प्रतियोगितामा सहभागिता पनि जनाउने छ । यसअघि थ्री स्टार क्लवले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता नखेल्ने बताउँदै आएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads