Loading...
भारतीय चेली भगाएर ल्याएको आरोपमा तिलाठीका देवनारायण भारतीय प्रहरीको नियन्त्रणमा

Click to Load Image
काठमाडौं– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो । 
देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा परेकाले सोही काण्डमा अजयलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ । 
स्थानीयकाअनुसार दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पञ्चायतमा शनिवार राति अजय सांस्कृतिक कार्यक्रम हेर्न गएका थिए । बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरेको बताइए पनि आधिकारिक पुष्टी भने भएको छैन । 
‘देवनारायण छोरालाई छुटाउन जाँदा भारतीय प्रहरीबाट पक्राउ परेका हुन्’, सप्तरीका एसपी मुकेश सिंहले भने, ‘किन पक्राउ गरिएको भन्ने हामीलाई जानकारी आएको छैन ।’ एसपी सिंहले आफूहरुले बुझ्ने प्रयास गरिरहेको बताए । 
यादव गत बर्ष सप्तरीको तिलाठी सीमास्थित दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा गत वर्ष भारतीयसँग झडप हुँदा देवनारायण घाइते भएका थिए । खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी भारतीय पक्षको विरोधमा उत्रिएका थिए । भारतीय पक्षको विरोधमा उत्रिएकाबेला भारतीय पक्षको कुटाइबाट देवनारायण घाइते भएका थिए । देवनारायणलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रवादी नागरिक भन्दै निकै चर्चामा आएका देवनारायणलाई त्यतिबेला नेपाल सरकारले उपचार खर्चसँगै राष्ट्रवादीको सम्मान दिएको थियो । 
गत वर्षको खाँडो नदीको बाँधको विवादले चर्चित यादवलाई नियोजित रुपमा भारतीय प्रहरीले पक्राउ गरेको तिलाठीबासीको आरोप छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads