Loading...
भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीमै गरिन् आत्महत्या

काठमाडौं । भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्। कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंकाले त्यही शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । अाजको अन्नपूर्णमा खबर छ-प्रियंका बहाना बनाएर शौचालय प्रवेश गरेको र आत्महत्या गरेको प्रहरीले बताएको छ ।
बालक हत्यामा संलग्न अभियुक्त १४ वर्षीय सञ्जय र १६ वर्षीया प्रियंकालाई मिर्चैया इलाकाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। भैंसी चराउन जाँदा शारीरिक सम्पर्क गरेको दृश्य भाइले देखेको र परिवारमा भन्ने डरले उसको हत्या गरेको वयान उनीहरुले प्रहरी समक्ष दिएका थिए ।
रहस्य सार्वजनिक गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेकी दिन प्रियंकाले प्रहरी चौकीको शौचालयमा आत्महत्या गरेकी हुन्। ‘कात्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियंकासँग सञ्जयले यौनसम्पर्क राखेका रहेछन्’, प्रहरी नायब उपरीक्षक बज्राचायले पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यो दृश्य भवेशले देखेका थिए । त्यसैले अरूलाई सुनाइदिन्छ कि भनेर प्रियंका र सञ्जयले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads