Loading...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङले नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत

Click to Load Image
काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङले नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।
नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए ।
त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो ।
ओपनर जेम्स जोन एटकिन्सनले एक तर्फबाट पारी सम्हाले पनि अर्को तर्फ निरन्तर रुपमा विकेट खस्दै गयो ।
मध्य क्रमलाई ध्वस्त बनाउने क्रममा सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए ।
सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो ।
तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले ।
करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए ।
केसीले २ विकेट लिए ।
हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो ।
विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।
हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना १० खेलमध्ये ४ मा जीत तथा ६ मा हार बेहोरेको छ ।
हङकङ भने ११ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads