Loading...
बस दुर्घटनामा : मृतकको संख्या ३१ पुग्यो, २० को सनाखत

Click to Load Image
धादिङ–  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१  पुगेको छ । 

एकै परिवारका ६ सहित ३१ जनाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए । 
मृतकमध्ये २० जनाको खनाखत भएको छ  । मृतक ३१ मध्ये सनाखत हुनेमा सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नम्बर ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नम्बर १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का ६ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी छन् ।  

यस्तै, गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको पनि सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।  

यसैगरी, सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नगरपालिका–१३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 
घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर  अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब, नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार ,  बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा  सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् । 
घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ । 
राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बस शनिबार बिहान त्रिशुलीमा खसेको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads