Loading...
वैद्य माओवादीले क्रान्तिकारी हटाउने

Click to Load Image
पोखरा – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । पोखरामा जारी प्रथम राष्ट्रिय सम्मेलनमा अधिकांश प्रतिनिधि पर्यवेक्षकहरुले पार्टीको नाममा क्रान्तिकारी फुर्को हटाउने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । 

मंगलबार अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रस्तावमाथि भएको समूहगत छलफलको निश्कर्षमा पार्टीको नाम हटाउनुपर्ने प्रस्ताव अधिकांशले राखेका छन् । 
आजको सन्दर्भमा माओवाद भन्न नसक्नेले क्रान्ति गर्न नसक्ने नेता हस्तबहादुर केसीले बताए । फरक मत राख्ने रामसिंह श्रीस र सीताराम तामाङ उल्टो बाटो हिडेको केसीले बताए । 
पछिल्लो बदलिएको राजनीतिक परिवेशसँगै संसदीय निर्वाचन बहिष्कार गर्नुपर्नेमा पनि प्रतिनिधिहरुले जोड दिएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेल र कांग्रेससहितका अन्य दलहरु एक भई क्रान्तिकारीहरुलाई एक्ल्याउने काम भएको भन्दै सम्मेलनमा बोल्ने अधिकांश सचिवालय सदस्य तथा प्रतिनिधि पर्यवेक्षकहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्नुपर्नेमा जोड दिएको सम्मेलनमा सहभागी प्रतिनिधिहरुले बताए । 

फौजी कार्यदिशामा कंडेलको फरक मत
क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनमा केन्द्रीय सल्लाहकार भूमिश्वर कंडेलले पार्टीको कार्यदिशामा फरक मत दर्ज गरेका छन् । उनले एक पेजको फरक मत सम्मेलनको बन्दसत्रमा पेश गरेका हुन् । उनले माओले चीनमा प्रतिपादन गरेको दीर्घकालिन जनयुद्धको फौजी कार्यदिशा अघि सारेका छन् । 
Click to Load Image

‘विश्व इतिहासमा क्रान्तिका फौजी कार्यदिशा दुई प्रकारका छन् । ती अहिले पनि सत्य छन्’, कंडेलले फरक मतमा भनेका छन्, ‘एउटा लेनिनले रुसमा समाजवादी क्रान्ति गर्दा प्रतिपादन गरेको अल्पकालिन सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा र अर्को माओले चीनमा प्रतिपादन गरेको दीर्घकालिन जनयुद्धको फौजी कार्यदिशा हो ।’ उनले नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालिन जनयुद्ध हुनुपर्ने स्पष्ट गरेका छन् । 
रातोपाती बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads