Loading...
यसरी खडा हुँदैछ विश्वसामु सी जिनपिङको नेतृत्व

तीन घण्टाको महत्वपूर्ण मन्तव्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार विगत पाँच वर्षमा आफ्नो मुलुकले हासिल गरेका उपलब्धिहरुको गुलाबी तस्वीर प्रस्तुत गरे ।

तर, जब अर्थतन्त्र, पर्यावरण र सैन्य क्षमताको विषय आउँछ, चीन बाँकी विश्वसामु कसरी खडा हुन्छ भन्ने प्रश्न अगाडि सर्छ ।
सन् २०१२ को अन्त्यमा जब राष्ट्रपति सीले कम्युनिस्ट पार्टी र मुलुकको बागडार सम्हाले, चीन एकदमै राम्रो स्थितिमा थियो । सन् २००८ को वित्तीय संकटको चक्रमा चीन पनि नपिल्सिएको होइन तर सन् २०१२ सम्म आइपुग्दा सात दशमलव आठ प्रतिशतको वृद्धिदर हासिल गरिसकेको थियो ।
र, संसारको दोस्रो ठूलो अर्थतन्त्र जापानलाई पछाडि छाडेर चीनले उक्त स्थान लियो । राष्ट्रपति सीको सामु आन्तरिक मुद्दा मात्र बाँकी थिए, भ्रष्टाचार, पार्टीभित्रको गुटगत विवाद र पर्यावरण । तिनको सामना गर्न उनले भ्रष्टाचारविरोधी महाअभियान छेडे । र, माओत्से तुङपछिका शक्तिशाली नेताको कोटीमा आफूलाई उभ्याउन शक्ति केन्दि्रकरण थाले ।
पर्यावरण एक ठूलो मुद्दा बनिसकेको छ । र, राष्ट्रपति सीले जल प्रदुषण र धुवाँको प्रकोप हटाउन अभियान थालेका छन् । उनी अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि बढेर विश्वका जलवायु नेता बन्ने ध्याउन्न लागेको पाइन्छ, चाहे त्यो आलंकारिक नै किन नहोस् ।
उनको पाँच वर्षे सत्तारोहणका दौरान चीन कति परिवर्तन भएको छ ? र, कसरी अन्य अर्थतन्त्रविरुद्ध खडा भएको छ ? यी दुई प्रश्नको जवाफ सान्दर्भिक हुन सक्छ, अहिले ।
चीन समाजवादी प्रणालीमा परिवर्तन भइसकेको छ, जहाँ श्रमिकहरुलाई फलामको च्युरा राखिएको कचौराजस्तो जागिर सुरक्षाको प्रणालीमा आवद्ध गर्न सकियोस् । राष्ट्रपति सीको रोजगारी र कल्याण योजनाले जीवनको ग्यारेन्टी दिन्छ । श्रमिकहरुको व्याकुलताले एक लापरवाहीपूर्ण र क्रुर पूँजीवादी प्रणालीको छनक दिन्छ ।
सन् २०११ मा चार दशमलव १३ प्रतिशत रहेको बेरोजगारी दर राष्ट्रपति सीको पालामा न्यूनतम सुधार भएर तीन दशमलव ९५ प्रतिशतमा छ
सन् १९९५ देखि २००२ राज्यको क्षेत्रमा चार करोडभन्दा बढी रोजगारी कटौती भएको छ । तीमध्ये अधिकांशले निजी व्यापारिक क्षेत्रमा काम पाए ।
चीनमा अन्य मुलुकको तुलनामा अति संवेदनशील मुद्दा बनेको छ, बेरोजगारी । पार्टी र मुलुकको शक्ति सम्हाल्दै गर्दा राष्ट्रपति सीका सामु यो एक चुनौतीका रुपमा खडा थियो । विश्लेषकहरुको भनाइमा श्रमिकको तनाव बेइजिङका लागि प्रमुख चासोको विषय हो । र, पार्टीले ठूलो संख्यामा मजदूर कटौतीलाई रोक्ने प्रयास गरिरहेको छ ।
राष्ट्रपति सीको नेतृत्वमा बेरोजगारीको दर केही हदसम्म सम्बोधन भएको छ । सन् २०११ मा चार दशमलव १३ प्रतिशत रहेको बेरोजगारी अहिले न्यूनतम सुधार भएर तीन दशमलव ९५ प्रतिशतमा छ ।
सरकारको भनाइमा गत वर्ष कोइला र स्टिल क्षेत्रमा १० लाख ८० हजार रोजगारी कटौतीको सोच थियो । ती क्षेत्रमा लागिरहेको अतिरिक्त क्षमता कम गर्ने सरकारी सोच देखिन्छ ।
बेइजिङ चाहन्छ, सरकारी कम्पनीहरुलाई ‘भूताहा फर्म’ बनाऊँ । सरकारी कम्पनीहरु धमाधम बन्द हुँदैछन् । तथापि, सामाजिक अशान्तिबाट बच्नका लागि तिनका कर्मचारीहरुलाई तलबमै राखिएको छ । थप पाँच लाखभन्दा बढी रोजगारी कटौती हुन सक्ने चेतावनी केही रिपोर्टले दिएका छन् ।
बढ्दो बेरोजगारी प्रमुख चिन्ताको विषय बनेको छ । समग्र आर्थिक विकास ठोस रुपमा देखिएको छ । औसत आय सन् २०११ मा पाँच हजार ६० डलर थियो, जुन बढेर सन् २०१६ मा आठ हजार दुई सय ६० डलर पुगेको छ ।
‘आय असमानता’ सरकारको हात लागेको अर्को आयाम हो । राष्ट्रपति सी सत्तामा आउँदा धनी र गरिबबीचको खाडल फराकिलो थियो । अझै पनि, त्यो खाडल घटेको छैन ।
पछिल्ला वर्षमा चिनियाँ राजधानी बेइजिङ धुवाँको पर्याय बनेको छ । त्यसैले चिनियाँ नेताहरु बीच पर्यावरण एक प्रमुख मुद्दा बनेको छ । एक समय थियो, चीनमा हावाको गुणस्तर र अन्य प्रदुषणका समस्या नजरअन्दाज गर्ने गरिएको थियो ।
सन् २०११ देखि ०१५ सम्म प्रतिव्यक्ति कार्बनडाइअक्साइड प्रदुषण ६ दशमलव सात टनबाट सात दशमलव ५४ टन पुगेको छ । कलकारखाना र कोइला ऊर्जा प्लान्टका कारण बढ्दो छ, प्रदुषणको दर । ग्रिनहाउस ग्यास सबैभन्दा बढी उत्सर्जन गर्ने मुलुक हो, चीन ।
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत लिउ जिएईको भनाइमा सन् २०२० सम्ममा ४० देखि ४५ प्रतिशतसम्म कार्बन उत्सर्जन घटाउन चाहन्छ, सरकार । सन् २०३० सम्म त यसलाई लक्ष्यको शिखर चुम्ने योजना पनि छ ।
हङकङ विश्वविद्यालयको विज्ञान संकायका डिन म्याथु इभान्स भन्छन्, ‘केही वर्षयता चीनले पर्यावरणसम्बन्धी मुद्दालाई अँगालेको छ ।’
वैकल्पिक ऊर्जामा लगानी बढाउँदै गर्दा चीन सौर्य ऊर्जा उत्पादनमा विश्वकै नेता बनेको छ । सौर्य र वायु ऊर्जाको मात्रा सन् २०११ मा ६४ गिगावाट थियो, सन् २०१६ मा बढेर दुई सय ८७ गिगावाट पुगेको छ । अमेरिकामा जम्मा एक सय २३ गिगावाट मात्र छ, उक्त आँकडा ।
तथापि, केही विशेषज्ञको दाबी छ, ‘चीनको सरकारी आँकडा सही छैन । व्यवहारमा कार्बन उत्सर्जन अत्यधिक छ र कोइलालगायत खराब ऊर्जाको खपत अत्यधिक छ ।’
राष्ट्रपति सी सत्तामा आउँदा सैन्य खर्च कुल गार्हस्थ उत्पादन (जीडीपी)को एक दशमलव ८२ प्रतिशत थियो, जुन बढेर एक दशमलव ९२ प्रतिशत पुगेको छ
‘एक बच्चा नीति’ चीनको अन्तर्राष्ट्रिय पहिचान नै बनेको थियो । राष्ट्रपति सीको कार्यकालमा यसमा नाटकीय परिवर्तन आयो । त्यो तीन दशकसम्म जनसंख्या वृद्धिदर नियन्त्रणमा राख्ने क्रुर सरकारी नीति लागू थियो ।
जनसंख्या वृद्धि तीव्र रहँदा त्यसको गम्भीर सेवा प्रवाह जटिल हुने निष्कर्ष थियो । यसलाई त्यतिबेला फेरिएको छ, जतिबेला यसका कारण गम्भीर सामाजिक समस्या उत्पन्न भएको सार्वजनिक भयो । उक्त नीतिका कारण विशाल लैंगिक असन्तुलन मात्र होइन, उमेरको असन्तुलन पनि उकालो लागेको थियो ।
चीनमा ६५ वर्षमाथिको जनसंख्या सन् २०११ देखि ०१६ सम्ममा १० प्रतिशतले बढेको छ । जापानमा २६, अमेरिकामा १५ र भारतमा पाँच दशमलव आठ प्रतिशत छ, उक्त आँकडा ।
राष्ट्रपति सीले आफ्नो कार्यकालमा राष्ट्रवाद र सैन्यवादलाई अधिक ध्यान दिए । उनले जनमुक्ति सेनामा आफ्नो नियन्त्रण मजबुत बनाए । र, ठूलो आकारका सैन्य परेड र अभ्यास आयोजना गरे ।
यो एक मजबुत विदेश नीतिसँग जोडिएको छ । राष्ट्रपति सीको सरकार पूर्व र दक्षिण चीन सागर दुवैमा रहेको क्षेत्रीय विवादमा व्यस्त छ । अन्तर्राष्ट्रिय अदालतको फैसलाका बावजुद चीनले त्यस क्षेत्रका टापुहरुमा मजबुत उपस्थिति जनाएको छ । दक्षिणतर्फको हिमालय क्षेत्रमा भारत सेनासँग भुटान सीमावर्ती दोक्लाममा महिनादिन लामो आमनेसामनेको अवस्था देखियो, यस वर्ष ।
राष्ट्रपति सी सत्तामा आउँदा सैन्य खर्च कुल गार्हस्थ उत्पादन (जीडीपी)को एक दशमलव ८२ प्रतिशत थियो, जुन बढेर एक दशमलव ९२ प्रतिशत पुगेको छ । अमेरिकाको सैन्य खर्च जीडीपीको तीन दशमलव २९ प्रतिशत छ । यस हिसाबले सैन्य खर्चमा बढोत्तरीको लामै यात्रा बाँकी छ, चीनका लागि । जनमुक्ति सेनाको संख्या २२ लाखमा स्थिर छ । राष्ट्रपति सीसामु देशका अन्य सशस्त्र सुरक्षा बलहरुलाई आधुनिकीकरण गर्ने र सैन्य संख्यामा कटौती गर्ने चुनौती अझै कायम छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads