Loading...
चीनको नयाँ नेतृत्व सार्वजनिक

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टी (सीपीसी)को महासचिवमा दोस्रो पाँच वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
सीपीसीको १९ औं महासभाले बुधबार बिहानको विस्तारित बैठकले उक्त घोषणा गरेको हो ।
उक्त बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरे । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।
चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads