Loading...
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जित्न कठिन हुने रिपोर्ट

सबैतिरबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जित्न कठिन हुने रिपोर्ट आएपछि अन्ततः चितवन–२ मा उम्मेदवारी दिने मनस्थितिमा रहेका नेता रामबहादुर थापालाई माओवादी केन्द्रले पछि हटाएको छ ।
चितवनमा तीनमध्ये दुई क्षेत्र एमालेलाई नदिए त्यसको असर प्रचण्डको निर्वाचन क्षेत्रमा समेत पर्ने र चुनाव हार्न सक्ने आंकलनका साथ अन्तिम समयमा आएर बादललाई रोकिएको हो । प्रचण्ड चितवन–३ र बादल चितवन–२ बाट उम्मेदवार बन्ने तयारी थियो । तीन क्षेत्र रहेको चितवनमा एमालेले क्षेत्र नम्बर–१ र २ एमालेले र ३ माओवादीले क्षेत्र नम्बर–३ लिने सहमति बाम गठबन्धनबीच भएको छ । १ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता सुरेन्द्र पाण्डे र २ मा निवर्तमान सांसद एवं एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने निश्चित भएको छ ।

एमाले चितवनमा पोखरेलको जबर्जस्त प्रभाव छ । कानुन व्यवसायी पृष्ठभूमिका पोखरेल जिल्लाका राजनीतिक नेतामा लोकप्रिय मानिन्छन् । एमाले–माओवादीबीच दुवै दलका ठूला नेताले चाहेको ठाउँमा एकअर्कालाई छाड्ने सहमति छ । तर, चितवनमा पोखरेललाई रोकेर बादललाई टिकट दिँदा एमाले कार्यकर्ता तथा मतदाता चिढिने र प्रचण्डले समेत चुनाव हार्न सक्ने भन्दै पार्टीभित्रकै एक समूहले बादललाई ब्याक हटाउन नेतृत्वलाई दबाब दिएको थियो ।

‘एमालेकै मतले चुनाव जित्नुपर्ने परिस्थितिमा एमालेका जिल्ला अध्यक्षलाई चिढाएर चुनावमा जाँदा अध्यक्ष प्रचण्डकै परिणाम तलमाथि हुन सक्ने भएकाले बादललाई पछि हटाइएको हो’, स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘टाउको हारेपछि अरु जसले जिते पनि के अर्थ भयो र ?’ पार्टी नेताहरुले नै समानुपातिक सूची बुझाउनुअघि बादललाई प्रत्यक्ष उठ्ने मनस्थिति छाडेर समानुपातिकमा बस्न भनेका थिए । तर, त्यतिबेला बादल तयार भएनन् । अन्तिममा प्रचण्ड स्वयंले समानुपातिकमा बसेर देशभरको निर्वाचन परिचालनमा खट्न आग्रह गरेपछि बादल राजी भएका हुन् ।

समानुपातिक सूची संशोधन गर्न निर्वाचन आयोगले तोकेको समय सोमबार सकिँदैछ । बादलको अब समानुपातिकमा राखिले स्रोतले बतायो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads