Loading...
माओवादी केन्द्र र एमालेबीच पार्टी एकता प्रसंगले तरंगित

Click to Load Image
दसैंको रोनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक बृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । 

मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचको पुर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि बर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । 

एमालेले माओवादीसंग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ । 

उसले आईतबार स्थायी समिति बैठकबाटै वाम तालमेल र एकीकरण जरुरी भएको भन्दै त्यसका लागि पहल गर्ने निर्ण लिएको थियो । 

प्रस्ट छ, उक्त निर्ण मुख्यतः माओवादी केन्द्रप्रति नै लक्षित छ । 

माओवादी केन्द्रका सोमबारको सचिवालय बैठकमा पनि यो विषयले प्रवेश पाएको छ ।, यो खबर आजको कान्तिपुरमा छ । 
‘हामीले त पार्टीबाट निर्णय गराएरै एकताबद्ध हुनका लागि ढोका खुला गरेका हौं । माओवादीतर्फबाट पनि आधिकारिक रूपमै आउला,’ पछिल्लो वाम समीकरणबारे एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने ।

माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ । ‘एमालेको प्रस्ताव सकारात्मक छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads