Loading...
मन्त्रिपरिषद् पुनर्गठनको कुरा हल्ला मात्र

प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले नेकपा एमालेसंग चुनावी तालमेलको घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलेको छ । तर प्रधानमन्त्री देउवाले भने त्यस्तो कुनै तयारी नगरेको उनका सहयोगीहरुले बताएका छन् । 

देउवा निकट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाश शरण महतले सरकार पुर्नगठनको बिषयमा कुनै कुरा नभएको बताए । ‘मन्त्रिपरिषद् पुनर्गठनको कुरा हल्ला मात्र हो, त्यसबारे केहीपनि छलफल भएको छैन’ महतले बिहीवार लोकान्तरसंग भने । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साझ भएको ६ दलको बैठकपछि देउवा सरकार नढल्नेमा ढुक्क जस्तै देखिएका छन् । ‘माओवादीले सरकारबाट बाहिरिएपनि सरकारसंग बहुमत कायम रहन्छ, आत्तिनु पर्ने अबस्था छैन’ देउवाले बिहीवार बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा भनेका कांग्रेसका अर्का एक नेताले बताए । देउवाले सरकारको पक्षमा ३ सय भन्दा बढी सांसदको समर्थन रहेको बताएका थिए । 

बुधवार भएको बैठकमा संघीय समाजवादी फोरम र यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको कमल थापा अध्यक्ष रहेको राप्रपाले समेत सरकारलाई समर्थन गर्ने आश्वासन दिएको थियो । 

प्रधानमन्त्री देउवाले माओवादी मन्त्री हटाएर राप्रपा र फोरमलाई सरकारमा लैजाने तयारी गरेको भन्ने हल्ला बाहिर आएको थियो । तर संसदीय व्यबस्थामा प्रधानमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गर्न नमिल्ने जानकारहरु बताउछन् । मन्त्रीहरुले राजीनामा गरेमात्र प्रधामनन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्न सक्छन् । 

‘उहाँहरुसंग कसरी चुनावी तालमेल गर्ने भन्ने बिषयमा मात्र छलफल भएको छ, सरकारम सहभागितको बारे कुनै कुरा भएको छैन’ महतले  भने । 

माओवादीले पनि सरकारबाट नहट्ने भन्दै चुनावी तयारीमा लाग्न प्रधानमन्त्रीलाई आश्वासन दिएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads