Loading...
श्रीलंकाली टोली पाकिस्तानमा हुने ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्न जाने नजाने अन्यौल

 श्रीलंकाली टोली पाकिस्तानमा हुने ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्न जाने नजाने अन्यौल बढेको छ । यसअघि सहमत भएका श्रीलंकाली खेलाडीले पाकिस्तान जान नचाहेपछि श्रीलंकाली क्रिकेट बोर्डले खेलाडीलाई मनाउन प्रयास गरिरहेको क्रिकइन्फो डट कमले जनाएको छ । 
श्रीलंकाली क्रिकेट बोर्डले पाकिस्तान जान नमान्ने खेलाडीले आबुधाबीमा हुने अरु दुईवटा ट्वेण्टी–ट्वेण्टी क्रिकेट पनि खेल्न नपाउने चेतावनी दिएको छ ।
बोर्डले खेलाडीलाई पाकिस्तान भ्रमण २४ घण्टाको मात्र भएकाले सुरक्षाको चिन्ता नगर्न आग्रह गरेको छ । बोर्डले पाकिस्तानको लाहोरमा हुने खेलका लागि हरेक खेलाडिसँग व्यक्तिगत रुपमा कुरा गरिरहेको जनाएको छ ।
सन् २००९ मा लाहोरमा श्रीलंकाली क्रिकेट टोली चढेको बसमा आक्रमण भएपछि कुनै पनि विदेशी टीमले पाकिस्तानमा गएर क्रिकेट खेलेको छैन । अक्टोबर २९ मा लाहोरमा श्रीलंका र पाकिस्तानबिच ट्वेण्टी–ट्वेण्टी खेल खेलाउने तयारी छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads