Loading...
इङ्ल्यान्डले जित्याे यू-१७ विश्वकप फुटबलको उपाधि



काठमाडौं । स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ ।
भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो ।
खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । पहिलो हाफमै इङ्ल्यान्डका रायन ब्रिउस्टरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
दोस्रो हाफमा इङ्ल्यान्डले चार गोल थप्यो । उसका लागि फिल फोडेनले दुई गोल गर्दा गिब्स ह्वाईट र मार्क गेहीले एक–एक गोल थप्दै उपाधि सुरक्षित गरे ।
प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इङ्ल्यान्डका रायन ब्रिउस्टरले गोल्डेन बुट पाए भने इङ्ल्यान्डकै फोडेन प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित भए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads