Loading...
सेलरोटी बेचेरै २ लाख आम्दानी

नेपालमा अवसरै पाइएन । काम गर्न त मन थियो । वातावरण नै छैन भन्नेहरूले एकपटक अनामनगरमा रहेको अनिषा खाजाघर पुग्न जरुरी छ । खाजा घरका सञ्चालक अमृत र सरस्वती ढकालले यो तिहारमा सेलरोटी मात्रै २ लाखको बेच्ने लक्ष्य राखेका छन् । ‘पोहोर तिहारमा ७ हजार वटा सेलरोटी बिक्री भएको थियो, यो वर्ष १० हजार बेच्ने लक्ष्य छ,’ अमृतले भने ।
aamdani
प्रतिगोटा २० रुपैयाँको दरले सेलरोटी बेच्ने यी दम्पतीले बुधबार मात्रै १ हजार ५ सय सेलरोटी बिक्री गरे । ‘भोलि र पर्सिलाई निकै माग छ,’ सरस्वतीले देखाइन् । उनीहरू कसलाई, कुन दिन र कति गोटा सेलरोटी आवश्यक पर्छ अघिल्लै दिन अर्डर लिन्छन् र अर्डरअनुसार सेलरोटी बनाउँछन् । ‘सकेसम्म ताजा रोटी खुवाउने उद्देश्य छ, हामी जति अर्डर आउँछ, त्यति नै बनाउछौं,’ अमृतले भने ।

१६ वर्षसम्म तत्कालीन मिलन विद्या मन्दिरमा सामान्य जागिर खाएका अमृतले विद्यालयले आर्थिक भार कटौतीको बहानामा अवकाश दिएपछि सेलरोटी व्यवसाय सुरु गरेका थिए, राजधानी दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads