Loading...
एमाले द्वारा पार्टी एकीकरण गर्ने सहमतिको स्वागत

Click to Load Image
काठमाडौं–एमालेले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गरेको छ । 
शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने ३ दलको मंगलबारको सहमतिलाई अनुमोदन गर्दै स्वागत गरेको हो । 
बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । लचिलो र जिम्मेवार ढंगले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलाई कार्यान्वयनमा लैजान प्रभावकारी कदम चाल्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । 
एमालेले चुनावी तालमेल र पार्टी एकीकरणका लागि गठित ३ दलीय कार्य दललाई आफ्नो जिम्मेवारी छिटो पूरा पनि सचेत गराएको छ । 
पार्टी एकता संयोजन समिति, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि निर्वाचन क्षेत्र बाँडफाँड कार्य दल र घोषणा पत्र मस्यौदा कार्यदललाई छिटो आफ्नो कार्यसम्पादन गर्न सचेत गराइएको पनि पार्टी सचिव ज्ञवालीले जानकारी दिए । 
 बामदेव गौतम नेतृत्वको संयुक्त कार्यदललाई आईतबारसम्म संयुक्त चुनावी घोषणा पत्र तयारीको काम सम्पन्न गरिसक्नुपर्ने कार्यादेश दिइएको छ भने इश्वर पोखरेल नेतृत्वको कार्य दललाई चुनावका लागि तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँडको जिम्मेवारी दिइएको छ । 
त्यसैगरी एमाले स्थायी समिति बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको बताएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads