Loading...
लाेकतान्त्रिक गठबन्धनको बैठक जारी भागबन्डा नमिले गठबन्धन ताेड्ने मधेसवादीकाे चेतावनी

काठमाडौं। व्यापक असहमति र चुलिएकाे शंका दुर गर्न प्रधान मन्त्री देउवा, राप्रपाका कमल थापा, । राजपाका महन्त ठाकुर बालुवाटरमा केन्द्रीत भएका छन् ।  मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिनि सभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डामा हान थाप भएपछि त्यसलाइ कसरी मिलाउन सकिन्छ भन्दै राय सल्लाहका लागि केन्द्रीत भएकाे लाेकतान्त्रिक गठबन्धनका नेताहरूले बताए ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधामनन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, राजपा अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरुले बहुमत उम्मेदवार अाफ्ना पार्टीका हुन पर्छ भन्दै विवाद पनि भएकाे सहभागी बताउछन् ।
मधेस केन्द्रित दलहरुले बढी हिस्साकाे अाफुहरूले सहमति ताेड्ने भने पछि मंसिरको चुनावमा तालमेल अन्यौलमा परेको छ । केहिवेर रन्थनिएका नेताहरूले  मधेस केन्द्रित दलहरुलाई सम्मानित हैसियत दिएर चुनावी तालमेलमा सहमति गर्न  कांग्रेस तयार रहेकाे बताएपछि शान्त भएका छन् ।
विवाद साम्य पार्न लोकतान्त्रिक गठबन्धनमा सहमति भए पछि मात्र कांग्रेसले उम्मेदवार छनौट गर्ने बताएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads