Loading...
४ दशक, सँधै पानी बाराबारको अवस्थामा बाबुराम–नारायणकाजीको राजनीतिक

काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन् ।
गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे–हुर्केको भए पनि भावनात्मक सम्बन्ध भने कोसौं टाढाको जस्तो छ ।आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– भिन्न पृष्ठभूमिबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा जोडिएका यी दुवै नेता कुनै बेला एकै पार्टीमा पनि रहे । तैपनि, उनीहरूको सम्बन्ध बुझिनसक्नु विचित्र खालको मात्र रहन पुग्यो । एकै पार्टीमा रहँदा पनि एकले(अर्कोलाई स्विकार्न नसक्ने, सधैंका प्रतिस्पर्धी जस्तै थिए–डा.भट्टराई र श्रेष्ठ ।
राजनीतिक लाइन, प्रवृत्ति, सोच्ने तरिका एकै खालको भए पनि यी दुई नेतालाई प्रतिस्पर्धी बनाइराख्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलेको भट्टराईसँग एक समय सँगै रहेर काम गरेका नेता खिमलाल देवकोटा बताउँछन् ।अहिले भने यी दुवै नेता फरक पार्टी राजनीतिबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धीकै रूपमा आमने(सामने भिड्न तयार छन् । भट्टराई लोकतान्त्रिक गठबन्धन (कांग्रेस–नयाँ शक्ति)को तर्फबाट साझा उम्मेदवार बनेका छन् भने श्रेष्ठ वाम गठवन्धन(एमाले–माओवादी)को तर्फबाट ।
उमेरले भट्टराई श्रेष्ठभन्दा ६ वर्षले जेठा छन् । ०११ सालमा निम्न मध्यम परिवारमा जन्मिएका भट्टराई हुन् भने श्रेष्ठ ०१७ सालमा शिक्षित र सम्पन्न परिवारमा जन्मिएका थिए । यी दुवै नेतामा फरक धारको पृष्ठभूमि मात्रै छैन, कतिपय विषयमा समानता पनि छन् ।
कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुअघि दुवै नेताको राजनीतिक पृष्ठभूमि कांग्रेससँग जोडिएको थियो।
दुवै नेता जुनकुनै विषयमा पनि आदर्शवादी सोच राख्छन् । प्रचारमा बढी रमाउन चाहन्छन् । आफैं पत्रकारको पृष्ठभूमिका भएकाले पनि भट्टराई( श्रेष्ठ दुवै प्रचारमा आफूलाई केन्द्रविन्दुमा राखिरहन रुचाउँछन् । श्रेष्ठ जनएकता तथा भट्टराई जनादेश साप्ताहिकमा सम्पादक थिए ।
पहिलो भेट
एउटै जिल्लामा जन्मिएर बाल्यकाल गोरखामै विताए पनि यी दुई नेताको पहिलो भेट भने ०३५ सालमा मात्रै भएको थियो । फरक धार र शैलीबाट पञ्चायतविरोधी राजनीतिक चेतनाका साथ आन्दोलनमा लाग्दै गर्दा भट्टराई र श्रेष्ठको काठमाडौं क्षेत्रपाटीमा ३९ वर्षअगाडि पहिलो पटक भेट भएको थियो । आफ्ना शिक्षकले आफूहरूको पहिलो पटक भेट गराइदिएको नेता श्रेष्ठ स्मरण गर्छन्।
त्यसबेला उनीहरूले कम्युनिस्ट पार्टीको सदस्यता भने लिइसकेका थिएनन् । बाबुरामले ०३७ मा भारतमा अध्ययनकै क्रममा र नारायणकाजीले गोरखामै बाबुरामभन्दा एक वर्षपछाडि ०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
यी दुई नेताले जतिबेला कम्युनिस्ट पार्टीको सदस्यता लिए, त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टी एउटै सगोलमा थिएनन् । उनीहरू तत्कालीन अवस्थाको नेकपा ९चौथो महाधिवेशन० मा आबद्धता जनाउँदै कम्युनिस्ट आन्दोलनमा जोडिन आइपुगेका थिए । तर, उनीहरू त्यसबेला एक वर्षभन्दा लामो समय एकै पार्टीमा रहन सकेनन् । ०३९ सालमा मोहनविक्रम र निर्मल लामा समूहका रूपमा
आएको विभाजनमा बाबुराम मोहनविक्रम र नारायणकाजी निर्मल लामा समूहतिर लागे ।
एउटै कमिटीमा
एक वर्षअघि–पछि कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्टराई( श्रेष्ठ ०४६ सालमा मात्रै एउटै कमिटीमा बसेर काम गरे । ०४६ सालको जनआन्दोलनका लागि साना वाम राजनीतिक शक्तिले संयुक्त रूपमा आन्दोलनका लागि निर्माण गरेको ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ मा पहिलो पटक यी दुई नेताले सँगै बसेर काम गरे ।
उक्त मोर्चाको एउटा घटकबाट श्रेष्ठ पनि मोर्चामा सहभागी थिए भने डा। भट्टराई मोर्चाको प्रवक्ता नै बनेका थिए । त्यसपछि ०४८ सालमा नेकपा मशाल, चौम, विद्रोही मसाल, सर्वहारा श्रमिक संगठनलगायत पार्टी मिलेर एकताकेन्द्र गठन भएपछि फेरि यी दुई नेताले एकै कमिटीमा बसेर काम गर्ने अवसर पाए ।
एकता केन्द्र निर्माणपछि करिब ३ वर्ष भट्टराई( श्रेष्ठसँगै रहे । तर, २०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने÷नजाने विषयमा एकता केन्द्रमा देखिएको मतभिन्नतापछि भट्टराई पुष्पकमल दाहालसँगै सशस्त्र विद्रोहको लाइनमा लागे । श्रेष्ठ सशस्त्र युद्धको बाटो भन्दा जनआन्दोलनको लाइनमा । त्यसपछि भने यी दुई नेताका बीचमा खास अर्थपूर्ण सम्बन्ध रहेन ।
०५२ देखि ०६३ सालसम्मै माओवादी युद्धमै रहेपछि भट्टराई( श्रेष्ठको ‘संवादमा’ एकप्रकारले ‘ब्रेक’ नै लाग्न पुग्यो । युद्धकै क्रममा श्रेष्ठको दाहालसँग भेटघाट र संवाद हुने गरे पनि भट्टराईसँग भने हुन सकेको थिएन । त्यहीबीच पुष्पकमल दाहालसँगै रहेका भट्टराईसँग श्रेष्ठको ०६१ सालमा मात्र भेटघाट भएको थियो ।
माओवादी शान्तिप्रक्रियामा आएपछि श्रेष्ठले नेतृत्व गरेको नेकपा ९एकताकेन्द्र(मसाल०ले ०६५ पुसमा पार्टी एकता गरेपछि भने फेरि यी दुई नेता ७ वर्ष एकै कमिटीमा रहे । ०६६ सालमा माओवादी बहुपदमा गएपछि भट्टराई–श्रेष्ठ मोहन वैद्यसँगै एमाओवादीको उपाध्यक्ष भएर काम गरे ।
तैपनि, यी दुई नेताबीच खासै सम्बन्धमा सहजता आउन सकेन । अध्यक्ष दाहाललाई आफूनिकट बनाउन भट्टराई–श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा नै हुन थालेको थियो ।
यही बुझेर दाहालले पनि कहिले भट्टराई त कहिले श्रेष्ठलाई आफ्नो पक्षमा राखेर दुई नेतालाई प्रतिस्पर्धी नेताको रूपमा प्रयोग गरिरहे ।बाबुराम प्रधानमन्त्री हुँदा एकै क्याबिनेटमा बसेर श्रेष्ठले काम पनि गरे । भट्टराई प्रधानमन्त्री र श्रेष्ठ परराष्ट्रमन्त्रीका रूपमा एउटै क्याबिनेटमा काम गरे । तर, भारत भ्रमणका क्रममा भट्टराईले गरेको बिप्पाको श्रेष्ठले मन्त्रिपरिषद् बैठकमै विरोध गरे । यसपछि दुई नेताबीचको सम्बन्धमा थप चिसोपना ल्याइदिएको थियो ।
धोबीघाट गठबन्धनमा एउटै मोर्चा
०६८ मा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाललाई एक्ल्याउन शीर्ष प्रायः नेता एकै ठाउँमा उभिए । माओवादीभित्र धोबीघाट गठबन्धनको नाममा चर्चित यो मोर्चामा भने दाहाल एकातिर र मोहन वैद्य, डा।भट्टराई, श्रेष्ठ, रामबहादुर थापालगायत नेता अर्कोतिर उभिन पुगे । जसलाई दाहाल पक्षका नेताले अध्यक्षविरुद्धको षड्यन्त्र र घेराबन्दीका रूपमा अथ्र्याउने गर्छन् ।
पार्टीभित्र दाहालको हैकमवादी सोच बढेको, शक्ति, स्रोत र साधनको दुरुपयोग गरेको आरोप लगाउँदै त्यसबेला भट्टराई( श्रेष्ठलगायत नेता एकै ठाउँमा उभिएको नेता खिमलाल देवकोटा बताउँछन् ।
श्रेष्ठ सुरुमा धोबीघाट गठबन्धनको पक्षमा थिएनन् । पार्टीभित्र दाहालको व्यक्तिवादविरुद्ध भट्टराई( श्रेष्ठलगायत नेता एक भएका थिए । तर, धोबीघाट गठबन्धनका पक्षधर नेताबीचको मिलाप क्षणिक मात्र रहन पुग्यो । उनीहरूको त्यो सम्बन्धलाई बुझाइ र विचारमा मिलेर भएको मिलापको सम्बन्धभन्दा पनि एउटा निश्चित स्वार्थका कारण मात्र भएको कारण टिकाउ हुन नसकेको विश्लेषण पनि माओवादी वृत्तभित्र हुने गर्छ ।
माओवादी पार्टी छाड्ने बेलामा भने यी दुई नेताबीच संवाद अन्य बेलामा भन्दा बाक्लिन थालेको थियो । भट्टराईले पार्टी छाड्ने दिन नारायणकाजीले बाबुरामका सहयोगी विश्वदीपलाई फोन गरेर सोधेका थिए, ‘के बाबुरामले नयाँ स्टेप लिँदै हुनुहुन्छ रु ’ त्यसबेला विश्वदीपले आफूलाई केही थाहा नभएको बताएपछि श्रेष्ठले कुनै निर्णय लिन खोजेको भए सल्लाहमा गरौं भनिदिन आग्रहसमेत गरेका थिए ।’ सम्बन्धमा आउँदै गरेको सुधारका बीच भट्टराईले पार्टी छाड्ने १५ मिनेटअगाडि मात्रै श्रेष्ठलाई फोन गरेर पार्टी छाड्ने निर्णय लिएको जानकारी गराएका थिए ।
गुटका नेता
भट्टराई–श्रेष्ठ दुवैलाई पार्टीको भन्दा पनि गुटको नेता बनेको आरोप निरन्तर लागिरह्यो । श्रेष्ठले पार्टीभित्र आफ्नो विचार समूहको नाममा अस्तित्व देखाउन चाहे पनि अहिले भने क्रमशः उनको त्यस्तो गुट भत्कँदै गएको मान्नेहरू माओवादीभित्र छन् । तर, श्रेष्ठ पार्टीभित्र आफूलाई गुट चलाएको भन्ने तर्क गर्ने मतस“ग सहमत देखिन्नन् । पार्टीभित्र ‘इस्यु’ का आधारमा मत राख्दा त्यस्तो आरोप आफूमाथि लगाउने गरिए पनि त्यसमा सत्यता नरहेको श्रेष्ठको मत छ । ‘स्थायी गुटबन्दी र शिविर बन्दीविरुद्ध म छु । गुटबन्दी ठीक कुरा होइन, यो विषवृक्ष हो भन्ठान्छु’, श्रेष्ठले भने ।
श्रेष्ठमाथि आत्मसुरक्षावादी, विसर्जनवादीको आरोप लाग्ने गर्छ । अप्ठ्यारो अवस्था आउँदा पछाडि फर्कने गरेको भन्दै उनीमाथि त्यस्तो आरोप लाग्दै आएको छ । साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा पनि केही नेताले त्यस्तै प्रश्न उठाएपछि उनले भनेका थिए, ‘मैले बन्दुक नबोकेको जवाफ कहिलेसम्म पार्टीभित्र दिइरहनुपर्ने हो रु ’
उता, बाबुराममाथि भने संकीर्ण, आत्मकेन्द्रित अराजक र रुखो स्वभावका नेताको आरोप लाग्ने गरेको छ । माओवादीमै रहँदा ०७१ सालमा दाहालले भट्टराईप्रति संकेत गर्दै नेतृत्व हस्तान्तरण गर्ने योजना पार्टी बैठकमा सुनाउँदा श्रेष्ठले त्यसबेला पनि असन्तुष्टि जनाएका थिए ।
गोरखाको रहर
नारायणकाजी श्रेष्ठले गोरखा गृहजिल्लै भए पनि निर्वाचन लड्न पाएका थिएनन् । पहिलो संविधानसभामा उनी मन्त्रिपरिषद्बाट मनोनीत २६ जनाको टिममा परेर संविधानसभामा पुगेका थिए । तर, दोस्रो संविधानसभामा उनी मकवानपुर–४ बाट निर्वाचन उठे पनि जित्न सकेनन् । तर, बाबुरामले दुवै निर्वाचनमा गोरखाबाटै जित्दै आएका थिए ।
बाबुरामसँग एकै पार्टीमा रहँदासम्म श्रेष्ठले गोरखामा आफूले टिकट पाउने आशा कमै मात्र राखेका थिए । तर, बाबुरामले माओवादी केन्द्र छाडेसँगै गोरखाबाट निर्वाचन लड्न श्रेष्ठले विगत १ वर्षयता तयारी गर्दै आएका थिए ।
नयाँ शक्ति बनाए पनि कमजोर अवस्थामा रहेका कारण बाबुरामसँग जुध्न सक्ने आकलनसहित श्रेष्ठ चुनावी तयारीमा थिए । तर, निर्वाचन सम्मुखमा गठबन्धन निर्माणका क्रममा श्रेष्ठ, भट्टराई फेरि पहिले एकै गठबन्धनमा देखिन पुगे ।तर, गोरखा(२ मा दुवै नेताले दाबी नछाडेपछि भट्टराई गठबन्धनबाटै अलग्गिए र कांग्रेससँगको नयाँ गठबन्धनमा लागे । त्यसयता यी दुई नेताबीच विगतदेखिकै इगो, घोचपेच बाक्लिएको छ । सोमबार गोरखाको एक कार्यक्रममा पनि दुवै नेताले एक-अर्काविरुद्ध घोचपेचमै उत्रिएपछि सम्बन्धमा थप तिक्तता ल्याउने देखिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads