Loading...
उँटनीको दूधको चकलेट

भारतको अमूल कम्पनीले दीपावलीको अवसरमा उँटनीको दूधबाट बनेको चकलेट बजारमा ल्याउने भएको छ ।

गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेसनले अमूल ब्रान्डको मार्केटिङ गर्छ र उसले उँटनीको दूधबाट बनेको चकलेट ल्याउने पुष्टि गरेको हो ।
यसलाई अमूल क्यामल मिल्क चकलेट्स नाम दिइएको छ ।
प्रतिमहिना एक हजार टन चकलेट उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ । शुरुमा दुई लाखवटा पसलबाट यो चकलेट बजारमा उपलब्ध गराइने कम्पनीका म्यानेजिङ डाइरेक्टर आरएस सोढीले बताए ।
नेपालमा पनि यो चकलेट भित्रिनसक्ने भारतीयहरूको अनुमान छ ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads