Loading...
सुरु भयो संयुक्त पत्रकार सम्मेलन एमाले, माओवादी र नयाँशक्तिको

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलका बारेमा साझा धारणा घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा जारी छ ।
चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् । एमाले र माओवादीबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ ।
दुई ठूला पार्टीको गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल पनि सहभागी हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads