Loading...
शान्ति सम्झौतामा विरुद्ध द्वन्दकालिन घटना व्यूँताइएकाे प्रति वाइसिएलको कडा आपत्ति

काठमाडाैं । संविधानको कार्यान्वयन अन्तर्गत देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिईरहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेकाे छ । ढुंगेल पक्राउ पर्नुले नागरिकमा आश्चार्यचकित बनाएको छ ।
द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौतामा उल्लेख छ तर सरकारले अायाेगमाथि नै प्रश्न चिन्ह खडा गरि गरिएकाे याे कदमकाे नेकपा माअाेवादी केन्द्रको भात्रीसंगठन वाइसिएलले कडा अापत्ति जनाएकाे छ ।
विज्ञप्ती सार्वजनिक गरि वाइसिएलले  भन्याे ‘सरकारकाे याे कदम निर्वाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ’ ।  विज्ञप्तीमा भनिएकाे छ, ‘ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’
वाइसिएलले राष्ट्रघाती संधि सम्झाैता, सीमा अतिक्रमण, कालाेवजारी, राष्ट्रकाे अकुतसम्पती हिनामीना गर्ने भ्रष्ट्राचारीलाइ खवरदारी गर्दै अाएकाे छ । देश निर्वाचनमा हाेमिएका बेला र संविधानकाे कार्यान्वयनकाे चरणमा पुगेकाे बेला सरकार फेरी षड्यन्त्रपूर्ण तरिकाले देशलाइ दाेन्द्वमा धकेल्न लागेकाे भन्दै वाइसिएले ढुंगेललाई तत्काल रिहाई गर्न माग गरेकाे छ ।
काँग्रस र राप्रपाले लाेकतान्त्रिक गठबन्धनका नाउमा देशमा द्वन्द्व निम्त्याउन खाेज्छ भने अाफुहरू चुपलागेर नबस्ने बताउदै जनताकाे साथमा गठबन्धनकाे जवाफ दिन लाग्ने जनाएकाे छ ।
वाइसिएल अध्यक्ष राम प्रसाद सापकाेटा ‘दीपशिखा ‘ र महासचिव सुवाेधराज शेर्पालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ‘ढुङगेलकाे रिहार्इ नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्न र पहलकदमी लिन’ वाइसिएलले मातहतका जिल्ला समितिहरुलाई समेत निर्देशित दिएकाे छ । विस्तृत शान्ति सम्झाैता विपरित ढुंगेल गिरफतारीकाे सर्वत्र निन्दा गरिएकाे छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads