Loading...
वामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश



ललितपुरका वामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टीका लगाएर श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
नेकपा (चौथो महाधिवेशन), माले, एमाले, पुनः माले हुँदै लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील श्रेष्ठ ललितपुरका स्थापित नेता तथा बुद्धिजीवी मानिन्छन् । श्रेष्ठले राजनीतिक एजेन्डा र समाजवादी मिसनमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफूले पार्टी प्रवेश गरेको बताए ।
श्रेष्ठलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप ऊर्जा हासिल हुने बताए । श्रेष्ठको प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । प्रवक्ता भुसाल ललितपुरबाटै केन्द्रीय संसदका लागि प्रत्यक्षतर्फको चुनाव भिड्दैछिन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads