Loading...
खसेर १ कामदार घाईते


सन्दिप शर्मा
रघुगंंगा गाँउपालिका २ सिजलगाँउमा घरको पलास्टर गर्नलाग्दा ३ तला माथि बाट खसेर शुक्रबार एक जना कामदार घाइते भएका छन् ।
इलाम जिल्ला चुलाचुली गाँउपालिका –७ घर भएका ३० वर्षिय बलबाहादुर कुमाल घाइते भएको जिल्ला प्राहरी कार्यलय म्याग्दीले जनाएको छ । घाइतेलाइ स्थानिय र प्रहरीको सहयोगमा जिल्ला अस्पताल म्याग्दीमा लिएपनि उनको छातिमा, टाउकामा र हातमा गहिरो चोट लागेको कारण पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि पठाएको जिल्ला अस्पताल म्याग्दीका डा. धिरेन मल्लले बताए ।
घरमा प्लाष्टर गर्ने क्रममा सुरक्षा कवजको प्रयोग बिनानै काम गर्दै गर्दा एक्कासी चिप्लेर लडेर घाइते भएको श्रीमती छेसङ् तामाङले बताइन् । उनिहरुको ७ बर्षिय १ छोरी र ५ वर्षको १ छोरा रहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads