Loading...
घाटीकाे हडडी भाचिएकी सुस्मालाई मलेसियाबाट अाशिष परियार ' झिल्केकाे सहयोग


मलेसिया / गाेरखा जिल्लाको मुचाेक २ कि सुस्मा परियार रूखबाट खसेर घाटीकाे हडडी ३ ठाउँमा भाचिएकाे र टाउकाेमा गहिराे चाेट लागेकाे छ । यसकाे अपरेशन गर्नको लागी धेरै समय लाग्ने र खर्च पनि धेरै लाग्ने डाक्टर बताएका छन । पीडित सुस्माको बाबा आमा भुकम्प मा परि मृत्यु भएको थियो । परिवारमा दाजु भाइ कोहि पनि नभएकालेे हाल आफ्नो ठुली आमाले हेरचाह गर्नु भएकाे छ । उहाँको पनि आर्थिक अवस्था अत्यन्तै नाजुक भएकालेे सुस्माको अपरेसनकाे लागि आर्थिक संकलनमा सहयोग गरिदिन सम्पुर्ण नेपाली दाजु,दिदिबहिनीमा हार्दिक अनुरोध गरेकी छन ।

सामाजिक संजाल फेस्बुकको माध्यमबाट धेरैलाई सहयोग जुटाउन सफल भएका आशिष परियारले गाेरखा मुचाेक २ काे रूखबाट खसेर घाईते भएकि सुस्मा परियारको उपचार को लागी मलेशिया बाट रू २२,२०३ सहयोग संकलन गरेर नेपाल पठाएको जानकारी दिए । सुस्माको आमा बाबा कोहि नभएको र आफन्तको पनि आर्थिक अवस्था नाजुक रहेको थाहा पाए पछि सहयोग संकलन सुरु गरेको थिए । अहिलेसम्म मैले धेरैजनालाई सामाजिक संजालको माध्यमबाट सहयोग संकलन गर्ने गरेको छु । बैनी सुस्माको लागि पनि जति सके त्यति संकलन गरेर पठाएको हो । साथै दुबई बाट राजन दबाडिले पनि सहयोग स्वरुप रू ३,००० पठाउनु,भएको छ त्यो सहित जम्मा रु २५,२०३।- पीडित सुस्मा परियारलाई सहयोग गरेको इरुप्से ड्ट्कम लाई बताए ।

आशिषले देश बिदेश मा रहनु हुने दाजु भाइ दिदी बैनि साथी संगीहरुलाईफ पनि सहयोग गरिदिनु हुन को लागी हार्दिक अनुरोध गरे तपाई हाम्रो सानो सहयोग बैनिले जिवनदान पाउनेछिन । सदा मेरो अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै यहाँहरुले सहयोग गर्न चाहानु हुन्छ भने नेपालमा पीडितको आफन्तलाई पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्पर्क नम्बर 009861874149 धन्यवाद ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads