Loading...
एमालेको स्थायी समिति वैठक टिकट बाँडफाँड टुंगाउने तयारी

Click to Load Image

काठमाडौं -टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचिमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक बसेको छ । वैठक एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा बसेको छ । 
हिजो राती अवेरसम्म बसेको कार्यदल वैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको सिफारिसलाई दुवै पार्टीबाट अनुमोदन गराएपछि सार्वजनिक गरिने जनाइएको छ । 
आज नै निर्वाचन आयोगमा दलहरुले समानुपातिक तर्फका उम्मेद्वारको नाम सच्चाउने अन्तिम दिन हो । यस विषयमा पनि वैठकमा छलफल हुने एमाले स्रोतको भनाई छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads