Loading...
सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँडे

Click to Load Image
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् ।
विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्ग नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानूनको पनि उल्लंघन गरेका छन् ।
खड्का सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति हुन् । 
उम्मेदवार छान्ने अधिकारसम्पन्न संसदीय समिति पार्टी महाधिवेशनको दुई बर्षपछि बनेको हो ।
'सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १८ महिनाको जेल सजाय र ९० लाख ४७ हजार जरिवाना फैसला गरेपछि २०६९ भदौ ६ गते काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गर्नेक्रममा खुमबहादुर खड्का' क्याप्सनको फोटोसहित यो खबर आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads