Loading...
रोनाल्डो र मेस्सीले कसलाई भोट गरे



लण्डन । पोर्चुगलका फरवार्ड क्रिस्टयानो रोनाल्डो फेरि एक पटक बेस्ट फिफा पुरुष खेलाडी घोषित भएका छन् । उनले उपाधि जित्न ४३ प्रतिशत मत प्राप्त गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेयमारलाई पछि पारे । 
तर, उनीहरुले चाहीँ उपाधिका लागि कसलाई मत हाले त ? रोनाल्डो र मेस्सी दुवै आ–आफ्ना देशको कप्तान भएको नाताले मत हाल्ने अधिकार पाएका थिए । तर, उनीहरुले एक अर्कालाई मत भने हालेनन् ।
रोचक रुपमा मेस्सीले सन् २०१६–१७ को बेस्ट फिफा पुरुष खेलाडीका लागि लुइस सुवारेजलाई मत हाले भने रोनाल्डोले लुका मोड्रिचलाई मतदान गरेका थिए ।
लण्डनमा आयोजिन समारोह पनि फिफाले मतदानमा सहभागीहरुले दिएको मत सार्वजनिक गरेको थियो । जसमा राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका प्रशिक्षक र हरेक क्षेत्रबाट पत्रकार समावेश थिए ।
हरेक मतदाताले पहिलो, दोस्रो र तेस्रो स्थानका लागि तीन खेलाडी छनौट गरेका थिए । जसमा पहिलोलाई ५ अंक, दोस्रोलाई ३ र तेस्रोलाई १ अंक प्रदान गरिएको थियो । खेलाडीहरुले आफैलाई भोट गर्न पाइँदैन थियो ।
अर्जेन्टिनाको कप्तानको नाताले मेस्सीले सुवारेजलाई पहिलो, आन्द्रेस इनियेस्टालाई दोस्रो र नेयमारलाई तेस्रो स्थानमा राखेका थिए । पोर्चुगलका कप्तानको रुपमा मत हाल्दै रानाल्डोले लुका मोड्रिचलाई पहिलो, सर्जियो रामोशलाई दोस्रो तथा मार्सेलोलाई तेस्रो स्थानमा राखे ।
एडिन हर्जाडले क्रमशः एनगोलो कान्टे, रोनाल्डो र मोड्रिचलाई मत दिए भने ड्यानी आल्भेसले नेयमार, मेस्सी र रोनाल्डोलाई भोट गरे ।
अधिकांश प्रशिक्षकको मत रोनाल्डोले पाएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads