Loading...
किन बने दीपक मनाङ्गे एमालेका बागी उम्मेदवार !

राजीव गुरुङ भनिने दीपक मनाङ्गेलाई अन्तत: एमालेले टिकट नदिने भएपछि स्वतन्त्र (बागी) उम्मेदवारी दिएका छन् । प्रदेशसभाका लागि सिफारिसमा परेका मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो ।
मनाङबाट प्रदेशसभाका लागि स‍‍र्वसम्मत सिफारिस भएका उनको नाम एमाले केन्द्रले काटेको हो। यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भएपनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको हो ।
उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।
‘मलाई जनताले पत्याएका छन् त्यसैले म स्वतन्त्रतर्फ (बागी)उम्मेद्वारी दिएको छु’, उनले भने, ‘स्वतन्त्रबाटै उठेर भए पनि जित्छु ।’
कांग्रेस हुँदै राप्रपा मनाङका अध्यक्ष रहेका मनाङे केही समयअघि मात्र एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै उनको नाम प्रदेशसभाका लागि सिफारिस भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads