Loading...
खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि ......

खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । चन्दननाथ नगरपालिका-२ की आश्मा माझी शनिबार बिहान पानी भर्न धारा गइन् ।shanke
बिहान ८ बजेतिर बाल्टी लिएर जाँदा धाराबाट सर्प निस्केपछि उनको सातो नै गयो । ‘घरमा पानी थिएन, बाल्टी लिएर धारामा पानी भर्न गएकी थिएँ', उनले भनिन्, ‘तर, पानी आउने धाराबाट एक्कासि दुई मिटर लामो सर्प निस्केपछि मेरो त सातो नै गयो, हतपत दौडेर घरमा आएँ र सबैलाई जानकारी गराएँ ।'

माझीले सर्प आएको कुरा सबैलाई थाहा दिएपछि वरपरका सबैले पानी भर्न सकेनन् । धाराबाट निस्केको सर्प विषालु भएको हुन सक्ने भन्दै खोलीकोटका अधिकांशले शनिबार बिहान पानी नै भरेनन् । केही समयअघि पनि सोही धाराबाट भ्यागुता निस्किएको माझीले सुनाइन्, अन्नपूर्णले खबर छापेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads