Loading...
ढुंगेल प्रकरणमा बोले विप्लव (विज्ञप्तिसहित)

Click to Load Image
काठमाडौं– प्रहरीले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि विप्लव नेतृत्वको नेकपाले  उनको विनासर्त रिहा र मुद्दा खारेजी गर्न  माग गरेको छ । 
विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई  चाहिँ दोषी बनाएर जेल कोज्ने कार्य भएको भन्दै आपत्ति समेत जनाएका छन् । 
विज्ञप्तिमा   जनयुद्धका क्रममा  भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर  आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको छ । 
 
Click to Load Image
यसैबीच नेकपा(माओवादी केन्द्र)ले पनि ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । 
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ । 
निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताइन्  । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो । 
ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads