Loading...
देशभर एकै दिन सम्मेलन गर्दै वाइसिएल अरु के-के छन् बैठकका निर्णय

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन (वाइसिएल नेपाल) ले आगामी कात्तिक ११ गते देशभरका छ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।ycl

वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । देशभर नै एकैपटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए । 

बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र १९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभाग समेत गठन गरेको छ । वाइसिएलले आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रुपमा युवा परिचालन गर्ने जनाएको छ । यस्तै वाइसिएलले ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्ससमेत निर्माण गरेको छ । सो एप्सको सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नेछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads