Loading...
दलित बालिकाको बलात्कारपछि आँखा झिकेर मार्ने प्रयास


भोजपुर १२ , कार्तिक । भोजपुरकी  १४ वर्षीय बालिकालाई एक युवकले बलात्कार गरी आखाँ झिकेर मार्ने प्रयास गरेका छन् ।
कार्तिक ११ गते आम्चोक ९ दुम्माना निवासी बर्षीय १९ नाम परिर्वतन गरिएकी अस्मिता बिक लाई स्थानीय श्री सरस्वती माविमा अध्ययनरत कक्षा ८ विद्यार्थी सन्तोष श्रेष्ठले बलात्कारपछि मार्ने प्रयास गरेका हुन् । विक घास काट्न गएको समयमा पिछा लाग्दै गएका श्रेष्ठले जबरजस्ती गरी खोल्सोमा लगेर बलत्कार गरी कुटपिट पछि आँखामा ढुंगाले हानेर अचेत बनाएको थिए । आफुलाई
अर्धचेत अवस्थामा पाएपछि गुहार मागेकी बालिकाले आफन्तहरुले देखेपछि बालिकाको दाई लाई खबर गरेका थिए । आफुलाई सन्तोष श्रेष्ठले बलत्कार गरी हत्या गर्ने गरी हैसियाले हानेको आँखा झिकेर हत्या गर्ने प्रयास गरेको समेत पीडित बालिकाले बताइन् छन ।
अस्पतालले उपचार गर्ने मानेन्
अत्यन्तै गरिब परिवारकी बालिकाको धरानमा रहेका केही आफन्त हरुको सहयोगमा बिपि मेमोरियल हस्पिटल धरानमा ल्याएका छ्न । तर अस्पतालमा उपचार गर्ने पैसा नहुँदा अस्पताले उपचार गर्ने नमानेको र उपचारमा डाक्टरले ढिला सुस्ती गरेको गुनासो आफन्तहरुले गरेका छन् ।

आइतबार  विहान चार बजे विपि मेमोरियल हस्पिटल धरानमा बालिकालाई उपचारको लागि ल्याए पनि अस्पतालले आनाकानी गरेपछि  दिउसो ४ बजेसम्म उनको उपचार हुन सकेको थिएन् ।
नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य तथा दलित अधिकारकर्मी दलमर्दन कामीले अस्पताल गएर अनुरोध गरेपछि उपचार सुरु गरेपनि अस्पतालको ढिलासुस्तीकै कारण बालिकाको आँखा फाल्नुपर्ने अवस्था आएको कामीले बताए । 
दलित अनलाइन बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads