Loading...
ट्रम्पले अमेरिकालाई तेस्रो विश्वयुद्धतर्फ धकेले : बब कर्कर

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देशलाई तेस्रो विश्वयुद्धतर्फ धकेलेको र उनको शासनशैली ह्वाइट हाउसभन्दा पनि रियालिटी टीभी शोका लागि उपयुक्त भएको सिनेटर बब कर्करले बताएका छन् ।

सिनेट फरेन रिलेसन्स कमिटीका अध्यक्ष कर्करले द न्युयोर्क टाइम्सलाई आइतवार दिएको अन्तर्वार्तामा ट्रम्पसँग अमेरिकालाई सही दिशामा लैजाने क्षमता रहेकोमा आफूलाई शंका लागेको बताए ।
कुनै समयमा ट्रम्पका साझेदार रहेका कर्कर रिपब्लिकन पार्टीका सिनेटर हुन् । उनले आफ्नै दलका सदस्यलाई देश कहिले नसकिने रियालिटी शोजसरी चलाएको बताए । अरू देशहरूलाई लगातार थर्काएर ट्रम्पले अमेरिकालाई तेस्रो विश्वयुद्धको बाटोतर्फ लगेको उनले बताए ।
कर्करको पछिल्लो टिप्पणी दुईजनाबीचको चर्को बहसपछि आएको हो ।
ट्रम्पले एक्कासि कर्करमाथि भीषण प्रहार गरेका थिए । उनले कर्करसँग नेतृत्व क्षमता नभएको र प्रशासनको नीतिलाई आफ्नो ट्वीटले अवरोध पु–याएको बताएका थिए ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads