Loading...
७२ दिनसम्म आफ्नै साथीहरूको मासु खाएर बाँचेका खेलाडीहरू

मानिसहरू मृत्युको मुखबाट बाहिर निस्केर बाँचेका घटनाहरू धेरै छन् । यस्तै एक घटना सन् १९७२ को अक्टोबर १२ मा भएको थियो ।

दक्षिण अमेरिकी मुलुक उरुग्वेको ओल्ड क्रिस्चियन क्लबको रग्बी टीम चिलीको स्यान्टियागोमा म्याच खेल्न जाने क्रममा मौसम बिग्रियो र विमान दुर्घटना भयो ।
हिउँले ढाकिएको एन्डीज पर्वतशृंखलामा विमान दुर्घटना भएको थियो ।
प्लेनमा ४५ जना यात्रु थिए । तीमध्ये १२ जना त दुर्घटनामै मरे । अन्य १७ जना चाहिँ घाइते भएका थिए र पछि उनीहरूको मृत्यु भयो ।
तर यस दुर्घटनामा बाँच्ने मानिसको स्थिति मर्नेको भन्दा खराब रह्यो ।
बाँचेका मानिसहरूले ज्यान बचाउनका लागि खानेकुरालाई सानोसानो टुक्रामा बाँडे । पानीका लागि उनीहरूले विमानको धातुको टुक्रा निकाले । घाम लाग्दा त्यो तात्थ्यो र त्यसैमा हिउँ पगालेर उनीहरू पानी पिउँथे ।
तर केही दिनपछि खाना सकियो । केही नलागेपछि उनीहरूले मरेका साथीको लाशको टुक्रा पार्दै खान थाले ।
दुर्घटनामा बाँचेका डा रोबटरे कानेसाले एक अन्तर्वार्ताका क्रममा भने, ‘मैले बाँच्नका लागि आफ्नै साथीको मासु खानुप–यो ।’
दुर्घटनामा परेका १६ खेलाडीहरूले माइनस ३० डिग्री सेल्सियसको चिसोमा ७२ दिन बिताउनुप–यो ।
विमानको रंग सेतो भएकाले उद्धारकहरूले हिउँमा त्यसलाई ठम्याउनै सकेनन् ।
हेर्दाहेर्दै ६० दिन बित्यो र संसारको दृष्टिमा मरिसकेका यिनीहरूलाई सहायताको कुनै आशा रहेन ।
दुई खेलाडीहरू न्यान्डो प्यारेडो र रोबटरे केनेसाले चाहिँ यत्तिकै बसेर मर्नुभन्दा सहायता खोज्नु ठीक हुन्छ भन्ने ठाने ।
शारीरिक रूपमा कमजोर भइसकेका दुवै खेलाडीले हिउँमा हिँड्दै गएर अनेकौं मुश्किलको सामना गर्दै एन्डीज पर्वत पार गरेर चिलीको बस्ती भएको क्षेत्रमा पुगे ।
त्यसपछि दुवैले उद्धारटोलीलाई आफ्ना साथीहरूको लोकेसन बताए । अनि सन् १९७२ को डिसेम्बर २३ मा बाँकी खेलाडीहरूलाई पनि बचाउन सकियो ।
यस भयानक घटनामाथि पियर्स पल रीडले सन् १९७४ मा अलाइभ नामक किताब लेखे । त्यसमाथि फ्य्रांक मार्शलले सन् १९९३ मा एउटा फिल्म पनि बनाए ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads