Loading...
गोरखा–२ मा बाम गठबन्धनले बाबुरामलाई टिकट दिने सम्भावना

Click to Load Image
 
काठमाडौँ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तत्कालका लागि चुनावी तालमेल र पछि पार्टी एकता गर्ने सहमति बनेपछि नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईका लागि चुनावी दौड सहज बनेको छ । डा. भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने चाहना राखेका छन्, जहाँ गठबन्धन हुनु अगाडि उनी १० हजार मतले पछाडि थिए । अझ त्यही निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई चुनावका लागि सिफारिस गरेपछि चुनावी चर्चा थप बढेको थियो ।
 
गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा गण्डकी, शहिद लखन, भीमसेन, आरुघाट, धार्चे, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ रहेका छन् ।
 
त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।
 
निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको गोरखा क्षेत्रले नं. २ मा दलहरुले पाएको कुल मत हेर्दा नेपाली काँग्रेसलाई १७,०७० मत प्राप्त भएको छ । माओवादी केन्द्रलाई १७, ८९४, नेकपा एमालेलाई ७,२०८ र नयाँ शक्ति नेपाललाई ७,९०० मत आएको छ । स्थानीय तहको मत अनुसार गोरखा २ मा बाम गठबन्धनसँग ३३ हजार २ मत छन्, जुन काँग्रेसको भन्दा १५ हजार ९ सय २३ मत बढी हो ।
 
चुनावी क्षेत्र बाँडफाँडमा गोरखा–२ मा बाम गठबन्धनले बाबुरामलाई टिकट दिने सम्भावना छ । नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति गरेको छ ।
 
गोरखा क्षेत्र नं. २ का स्थानीय तहमा राजनीतिक दलहरुले पाएको मत परिणाम हेर्दा
 
पालुङ्टार नपामा काँग्रेसलाई ४६९८ मत प्राप्त भयो । माओवादी केन्द्रले ४४९१, एमाले २४१० र नयाँ शक्तिलाई ३९७६ मत प्राप्त भएको थियो । सिरानचोक गाँउपालिकामा नेपाली कांग्रेसलाई  ३४०२, एमालेलाई १७४०, माओवादी केन्द्रलाई ३२३५ र नयाँ शक्तिलाई १४३१ मत खसेको थियो ।
 
अजिरकोट गाँउपालिकामा कांग्रेसलाई ३०३३ एमालेलाई ३४७, माओवादी केन्द्रलाई २७०२ र नयाँ शक्तिलाई १५० मत खसेको थियो । सुलीकोट गाँउपालिकामा नेपाली कांग्रेसलाई ३०२२, नेकपा एमालेलाई ८८५, माओवादी केन्द्रलाई ४६५९ र नयाँ शक्तिलाई १०१६ मत खसेको थियो ।
 
गोरखा नगरपालिकामा वडा नं. ८ मा नेपाली काँग्रेसलाई ४९८, नेकपा एमालेलाई ४०५, माओवादी केन्द्रलाई ४३९ र नयाँ शक्तिलाई ४५५ मत खसेको थियो । वडा नं. ९ मा नेपाली काँग्रेसलाई ४६७, नेकपा एमालेलाई १७५, माओवादी केन्द्रलाई ३६६ र नयाँ शक्तिलाई १७७ मत खसेको थियो ।
 
वडा नं. १० मा नेपाली काँग्रेसलाई ३६७, नेकपा एमालेलाई ३७३,  माओवादी केन्द्र ३०९ र नयाँ शक्तिलाई १८२ मत खसेको थियो । त्यसैगरी वडा नं. ११ मा नेपाली काँग्रेसलाई  ३४७, नेकपा एमालेलाई ३२७, माओवादी केन्द्रलाई ४२८ बिजयी  र नयाँ शक्तिलाई ६८ मत खसेको थियो ।
 
यसबाहेक वडा नं. १२ मा नेपाली काँग्रेसलाई ५३६ बिजयी, नेकपा एमालेलाई १२२, माओवादी केन्द्रलाई ४८७ र नयाँ शक्तिलाई २१ मत आएको थियो । वडा नं. १३ मा नेपाली कांग्रेसलाई ४०४, नेकपा एमाललाई  ९७, माओवादी केन्द्रलाई ५६४ र नयाँ शक्तिलाई ३२८ मत खसेको थियो ।
वडा नं. १४ मा नेपाली कांग्रेसलाई २९६, नेकपा एमालेलाई ३२७ , माओवादी केन्द्रलाई २१४ र नयाँ शक्तिलाई ९६ मत खसेको थियो ।
 
स्थानीय तहको चुनावको कुरा गर्ने हो भने गोरखा दुई मा नयाँ शक्ति भन्दा माओवादी केन्द्रसँग र काँग्रेसको १० हजार बढी मत थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads