Loading...
राप्रपाका मेयर उम्मेदवार रोहित कार्की नेकपा एमालेमा प्रवेश

Click to Load Image

इटहरी – राप्रपाको तर्फबाट इटहरी उपमहानगरपालिकाका मेयर उम्मेदवार रहेका रोहित कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्की सँगै राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुका  साथै सयौ राप्रपाका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । 
इटहरी स्थित खनारमा आयोजना गरिएको एक कार्यक्रममा एमाले सचिव भीम आचार्यले सबैलाई पार्टी प्रवेश गराए । 
 गत असारमा भएको स्थानीय तहको निर्वाचन लगत्तै कार्कीले खनारमा कार्यकर्ता भेला गरेर पार्टी छाडेको घोषणा गरेका थिए । आफू अन्य कुनै पनि पार्टीमा नजाने र तटस्थ बस्ने बताएका कार्की अन्ततः एमालेमा प्रवेश गरेका हुन् । 
 चुनावमा उनको जमानत नै जफत भएको थियो । कार्की राप्रपाका सुनसरी अध्यक्ष समेत हुन । कार्कीले स्थानिय तहकोे निर्वाचनमा आफनै पार्टीका कारण हार भोग्नु परेको दाबी गदै आएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads