Loading...
वाम एकता संगै दलित संगठन बिच एकता आजको आवश्यकता


पूर्ण बहादुर विक (पहाडी )
नेपालमा सदियौ देखि समाजमा जरो गाडेर रहेको वर्गिय, जातीय ,क्षेत्रीय ,भाषिक, लैङगीक विभेदको साथ साथै सीप कलाका धनी दलितलाई जातीय भेद भाव छुवाछुत जस्तो अमानवीय ,शोषण,दमन अन्यायपुर्ण व्यवहार नेपाली समाजले गर्दै आइरहेको छ। एकले अर्को को भावनालाई नबुद्मदा मानिस मानिस विच गरीने विभेदका कारण समाज विखण्ड हुने द्धन्द बढ्ने, समाजमा एकता खलबलीन गई हिंसात्मक गतीविधीहरु बढ्नु स्वभाविक हो

नेपाली समाजमा यस्ता किसिमको घटना अझैसम्म पनि हुँदै आएका छन मानिसको जात मानिस नै हो, त्यो भन्दा पृथक् पहिचान छैन। प्रकृति, संस्कृति राजनीतिको प्रभावले मानिसको बनोटमा भिन्नता देखा परेचुच्चो नाक, चेप्टो नाक, अग्लो वा होचो कद, गोरो वा कालो वर्ण, खैरो वा कालो कपाल, गडेका वा चिम्सा आँखा विभिन्न छन मान्छे हेरेर जातीयता पत्ता लगाउने कुरा पुरै अन्धविश्वास विभेद रहेको नाक चुच्चो चेप्टो भएको मगर,गुरुङ, तामाङ , विश्वकर्मा, शर्मा,जो कोहि पनि हुन सक्छ

नेपालमा जातीय विभेदको समस्या लिच्छविकालीन समयमा मनुस्मृतिद्वारा निर्दे्शित हिन्दु वर्णाश्रम व्यवस्था लागू गर्ने सन्दर्भमा भारतबाट आयात गरिएको हो सामन्तवादले आफ्नो राज्यसत्तालाई सुदृढ, विकास विस्तार गर्दै वर्ग्विभाजनद्वारा वर्गीय शोषणउत्पीडनलाई स्थायित्व प्रदान गर्ने उद्देश्यका साथ जातीय विभेद जस्ता समस्या जन्माएको कुरा ऐतिहासिक तथ्यहरूबाट स्पष्ट हुन्छ हिन्दू वर्णाश्रम व्यवस्था भएका मुलुकहरूमा मात्र जातीय विभेद उँचनीचको विभेद अहिलेसम्म गहिरो नेपालमा जातीय विभेद विरुद्धको लडाइ २००३ बाट शुरूवात भएको मानिन्छन् तर जति पनि जातीय आन्दोलन भए यि सबै आन्दोलनमा राजनीतिक जोडिएको जहिले पनि नेपाली राजनीतिकको परिवर्तन हुन्छ, जातीयता समस्यालाई हल्का रुपले लिने गरिन्छ

२०३६ को होस् वा २०४६,२०५२ को जनयुद्ध २०६२र६३ को जनआन्दोलनमा जातीय नाराले निकै प्राथमिकता पाएको थियो अहिले पनि देशमा चुनाव होस् वा पार्टी एकीकरण सबैमा जातियताको विषयलाई वर्गमा परिमार्जन गर्ने मानव सम्मानताको विषयले प्राथमिकता पाउने गर्छ तर उपलब्धि भने शुन्य नै हुन्छ प्रसङ्ग अहिले देशमा वाम एकताको हो ,
नेकपा एमाले, नेकपा माओवादी केन्द्र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा अप्रत्यासित रूपमा गरेपछि वामएकता शब्दले आकाश छुनु स्वाभाविक हो तीनवटा पार्टीलेनिकट भविष्यमा पार्टी एकता गर्ने लक्ष्यका साथ गरेको चुनावी तालमेललाई वामएकताको नाम दिएको

वामपन्थी कम्युनिस्ट समाजवाद, विभेद रहितको जातीय सम्मानता, विकास जनतामा व्यापक आकर्षण भएकै कारण यस्तो नामकरण भएको हुनुपर्छ नेपालमा जहिल्यै पनि कम्युनिस्टहरुले वर्ग सम्मानता पहिलो प्राथमिकता राखेको पाइन्छ वर्ग भन्दा पनि पहिला जातीय विभेद तिर कम्युनिस्टहरुले ध्यान दिएको देखिदैन एकल जातीय मुलुकमा सामन्तवाद ढले पछि त्यो देश सहजै सम्हालिन सक्छ एकतावद्धरुपमा पुँजीवादी रुपान्तरणको बाटोमा सहजै अघि बढ्न सक्छ तर, बहुजातीय देशमा सामन्तवादको जरा ढलेपछि एउटा ठूलो जातीय विभेदको समस्या सिर्जना हुन्छ, नेपालमा त्यही भयो नेपालमा मुखौते परिवर्तन मात्रै भएको नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो तर, व्यवहारमा एकजातीय देशमा जस्तै नीति ,कानुन रुपमा सम्मानता भए पनि ब्यवहार पुरानो रुढीबादी चलन अझै पनि चलाउने गरिएको सहर होस् वा गाउँ लोकतान्त्रिक पार्टी हुन वा कम्युनिस्ट पार्टीका मानवीय सम्मान भुल्ने गर्छ्न यो भन्दैमा सबै कुरा नकारात्मक मात्र सोच्नु पनि गलत हुन्छ देशमा २००३ पछि धेरै परिबर्तन पनि भएका छन

२०२० मा जातीय छुवाछूतको विरुद्धको कानुन देखी २०४६र२०५२ को जनयुद्धले धेरै परिवर्तन ल्याउने काम गर्यो २०६२र६३ को जनआन्दोलन पछि जातीयताको आधारमा हुने विभेद अन्य सम्मको कानुनी प्रयास भएको छन साथै जातीय आरक्षण अर्थात् समावेशिताको प्रणाली पनि आयो तर, नेपाली समाजको आवश्यकताले सिर्जना भएका यी परिवर्तनहरु धेरै मानिसहरुलाई पचेको छैन त्यसको परिणाम विभिन्न समयमा समाजमा छताछुल्ल हुन्छ जातीयताको आधारमा विभेद गरिन्छ ।लोकतन्त्र गणतन्त्र भनेको कुनै एक जातिको मात्रै व्यवस्था होइन शाह वा राणाले शासन गर्ने अरु रैती हुनुपर्ने व्यवस्था गणतन्त्र हुँदै होइन

गणतन्त्रमा जातीयताको आधारमा विभेद भन्ने विषय हुनु हुँदैन जस्तो कि दासयुगमा गणतन्त्र वा समावेशिता वा आरक्षणको प्रश्नै आउँदैन सामन्ती युगमा लोकतन्त्र, वाक स्वतन्त्रता, धार्मिक एवं सांस्कृतिक स्वतन्त्रताको प्रश्न आउँदैनथ्यो किनभने त्यो समाज जस्तो थियो, राज्यव्यवस्था, समाज व्यवस्था पनि उस्तै थियो नियम कानूनहरु पनि त्यस्तै बन्थे अहिले अवस्था लोकतान्त्रिक गणतन्त्र कानुन व्यवस्था पनि त्यही अनुसार बन्नुपर्छ

वाम एकताले देशमा नयाँ बिहानी ल्याउने दियोको आशा जगायको , जनताले चाहेको गणतन्त्र विकास निर्माण,जातीयता विभेद रहितको व्यवस्थालाई जोड गर्नु पर्छ लोकतन्त्र गणतन्त्र भनेको सहअस्थित्व हो निरंकुशता वा सामन्तवाद भनेको निशेषको राजनीति हो नेकपा एमाले,माओवादी केन्द्र,नयाँ शक्तिका दलित भातृ संगठनले पनि यो अवसरलाई भरपुर रुपमा प्रयोग गर्न सक्नु पर्छ निशेषको राजनीति ब्यक्ती स्वार्थ राजनीतिक भन्दा पनि समुदायको हकहितमा राजनीतिकको आवश्यकता अब वाम एकता संगै दलित भातृ संगठन पनि एकता गरेर अगाडि बढ्नु नै समय सान्दर्भिक हुनेछ वाम एकता संगै दलित संगठन बिच एकता आजको आवश्यकता समयको माग पनि यही हो

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads