Loading...
यात्रुबाहक बस बडिकेदार गाउँपालिका– २ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

डोटीको बागछेडाबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस बडिकेदार गाउँपालिका– २ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा एक जना महिला, एक जना पुरुष र एक जना बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार विहान सुदूरपश्चिम यातायातको ना. ३ ख ५६४८ नम्बरको बस भिरबाट तल खसेको थियो ।
मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । एक जना बच्चाको भने सनाखत हुन सकेको छैन ।
बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।
बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो ।
बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads