Loading...
मतपत्र विवादमा सर्वोच्चले बुधबार निर्णय सुनाउने



 मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए ।
न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सकिएको छ र भोलि निर्णय सुनाउने तय भएको छ ।

यो मुद्दामा सर्वोच्चले गर्ने फैसलाले आगामी चुनाव पूर्वनिर्धारित मितिमा हुने नहुने तय हुनेछ ।
यदि रिट निवेदकले माग गरेको जस्तो प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मत पत्र छाप्न आदेश भएमा चुनाव सर्नेछ ।
रिट खारेज भएमा भने चुनावका लागि बाटो खुल्नेछ ।
निर्वाचन आयोगले भने प्रदेश-प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका लागि दुई मत पत्र छापेको छ 
onlinekhabar 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads