Loading...
राप्रपालाई सरकारमा ल्याउने तयारी, माओवादीलाई आउट गर्ने

 कांग्रेस नेतृत्वमा रहेको वर्तमान सरकारमा राप्रपासमेत सहभागी हुने भएकोे छ । सरकारमा सहभागी दल माओवादी केन्द्र प्रमुख प्रतिपक्षीसहितको एमालेसँगको गठबन्धनमा सहभागी भएर निर्वाचनको तालमेलमा लागेपछि कांग्रेस नेतृत्वमा समेत लोकतान्त्रिक शक्तिहरूको गठबन्धन बनेको हो, राजधानी दैनिकमा खबर छ ।deuwa_thapa
सोही गठबन्धनमा सहभागी हुने निर्णय गरेको राप्रपाले सोमबार बसेको कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई समर्थन गर्ने निर्णयसमेत गरेको हो । यो निर्णयसँगै अब सरकारमा राप्रपासमेत सहभागी हुने निश्चित भएको छ ।काग्रेस नेता रमेश लेखकले राप्रपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताए । 
‘सरकारमा आउन राप्रपा सकारात्मक छ, लोकतान्त्रिक शक्तिहरूको गठबन्धनमा समेत राप्रपा सहभागी छ, त्यसकारण पनि अब सरकारमा आउँछ,’ नेता लेखकले भने ।
राप्रपालाई सरकारमा ल्याउँदा कसरी ल्याउने र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा समेत भित्री रूपमा व्यापक छलफल भइरहेको छ । माओवादी केन्द्रले सम्हालेका मन्त्रालय दिने विषयमा समेत कांग्रेस र राप्रपाबीच कुरा अघि बढेको छ । तर त्यसरी दिँदा माओवादीले सरकारबाट बाहिरिएको निर्णय गर्नुपर्ने आवश्यकता रहन्छ ।
नेता लेखकले प्रमुख प्रतिपक्षसँगको गठबन्धनमा सत्ता साझेदार दल माओवादी सहभागी भइसकेकाले सरकार र प्रतिपक्ष दुवैतर्फ खुट्टा अड्काउनु जायज नहुने भन्दै सरकारमा समेत रहिरहनु जायज नहुने बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads