Loading...
मन्त्रीको सपथ रोकेर राष्ट्रपति विद्यादेवि भण्डारीले आजबाट परामर्श शुरु गर्ने

Click to Load Image
काठमाडौं–प्रधानमन्त्रीले थपेका मन्त्रीको सपथ रोकेर राष्ट्रपति विद्यादेवि भण्डारीले आजबाट परामर्श शुरु गर्ने भएकी छिन् । उनले आजै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्ने भएकी छिन् । 
दिँउसो प्रमुख निर्वाचन आयुक्त यादवसँग परामर्श गरेपछि राष्ट्रपतिले साँझसम्म प्रधानमन्त्री देउवासँग परामर्श गर्ने तयारी गरेको शीतलनिवास स्रोतको भनाई छ । आयोगले आचारसंहिता लागु भएको अबस्थामा मन्त्रीपरिषद् विस्तार नगर्न सुझाव दिएको थियो । 
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।  
यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । 
तर, उनीहरुको सपथ भने अन्योलमा छ । 
व्यवस्थापिका संसद्को कार्यकाल शनिवार मध्यरातबाट स्वत विघटन हुँदैछ । निर्वाचन आयोगले आइतवार समानुपातिक उम्मेद्वार मनोनयन गर्ने दिन तोकेकाले शनिवारदेखि संसद्को कार्यकाल सकिन लागेको हो । संविधानमा प्रतिनीधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहन उल्लेख छ । संसदको कार्यकाल सकिनै लाग्दा प्रधानमन्त्रीबाट भएको मन्त्रीपरिषद् विस्तारलाई एमाले र माओवादीलगायतका दलहरुले शंकाको नजरले हेरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads